चेल्सीका मालिकसहित ३३ व्यवसायी र उनका परिवारलाई अस्ट्रेलियामा प्रतिबन्ध

एजेन्सी, अस्ट्रेलियाले रुसका चर्चिच ३३ व्यवसायी र उनीहरूका परिवारमाथि प्रतिबन्ध लगाएको छ ।प्रतिबन्धमा पर्ने प्रख्यात व्यवसायी रोमन एब्रामोविच पनि रहेका छन् । अर्बपतिको सूचीमा रहेका एब्रामोविच चेल्सी फुटबल क्लबका मालिक समेत हुन् ।

उनका साथै एलेक्से मिलर, दिमित्री लेबेदेव, सर्गेई चेमेजोव, निकोलाय टोकारेव, इगोर शुवालोव र किरील दिमित्रिवमाथि प्रतिबन्ध लगाएको बीबीसिले जनाएको छ ।रुसको लागि आर्थिक तथा रणनीतिक महत्व राख्ने व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको अस्ट्रलियाले पुष्टि गरेको छ ।

अस्ट्रेलियाली सरकार युक्रेनको संप्रभुता, क्षेत्रीय अखंडता र युक्रेनी जनताका लागि दृढ समर्थन रहेको स्पष्ट पारेको छ ।यसअघि अमेरिका र बेलायतलेपनि रुसी व्यवसायीमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

याे पनि :-बालबालिकामा मोटोपनाको समस्या बढ्दो, समयअगावै टाइप २ मधुमेह र हृदयघातको जोखिम , बालबालिकामा मोटोपनाको समस्या तीव्र गतिमा बढिरहेको छ ।बालबालिकामा मोटोपनाको समस्या पहिला अमेरिकाजस्तो उच्च आय भएका मुलुकमा मात्र थियो । तर, अहिले भने मध्यम तथा न्यून आय भएका मुलुकमा पनि यो समस्या तीव्र रूपमा बढिरहेको छ । विश्वमा पाँच वर्ष मुनिका तीन करोड ८० लाख बालबालिका मोटोपनको समस्याबाट पीडित रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना भाइरसको महामारीको एक वर्षमा बालबालिकामा मोटोपनाको समस्या दुई प्रतिशतले बढेको छ । शारीरिक क्रियाकलापमा कमी, फोन वा कम्प्युटरमा धेरै समय बिताउनाले, निद्रामा हुने परिवर्तन, र जङ्क फुडको बढ्दो सेवन बालबालिकामा मोटाउनुको मुख्य कारण हो । बालबालिकामा मोटोपनाको समस्या चाँडै महामारीमा परिणत हुन सक्ने भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

पेडियाट्रिक ओबेसिटी जर्नलमा प्रकाशित अनुसन्धानमा बालबालिकामा बोसोको मात्रा बढी भएको पाइएको छ । यसले मुटुको नसामा बाधा पुगेको र रगतको प्रवाह अनियमित भएको पाइयो । जसकारण बाल्यकालमा हृदयाघात हुने सम्भावना बढ्न सक्छ । बच्चाहरूमा समेत टाइप २ मधुमेहको समस्या बढ्दै गएको दैनिक भास्करमा उल्लेख छ ।

टाइप २ मधुमेह भएका बालबालिकामा समयपूर्व मस्तिष्क, मिर्गौला, हड्डी र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । बाल्यकालको मोटोपनले भविष्यमा क्यान्सर, अपाङ्गता र समयअगावै मृत्युको जोखिमसमेत बढाउँछ ।

प्रतिक्रिया दिनुहोस