मातेको सुरमा ट्याक्सी चढेर तीन देशको यात्रा, बिल आउँदा बेहोस !

विश्वका सबै मानिसहरु नयाँ वर्षको उत्सवमा धुमधामसाथ झुमिरहेका थिए । तिनैमध्ये एकजनालाई भने नयाँ वर्षको उत्सव मनाउँदा महँगो परेको छ ।मातेको सुरुमा एकजना नर्वेजियन नागरिकले नयाँ वर्षको राति ट्याक्सी भाडामा लिए । उनले भाडामा लिएको ट्याक्सीले तीनवटा देश नै छिचोल्यो ।

जब उनी तीन देश घुमेर फर्किए तब बिल आयो २२०० डलर (२ लाख २ हजार २ सय रुयैयाँ) को । ३१ डिसेम्बरमा यी व्यक्ति कोपेहेगन नदी किनारमा पार्टीमा रमाइरहेका थिए । पार्टी सिएपछि मातेर लठ्ठ भएका यी व्यक्तिले ६०० किलोमिटर परको ओस्लोका लागि ट्याक्सी बुक गरेका थिए । यस ६ घन्टाको यात्रामा उनले तीन देश डेनमार्क, स्विडेन र नर्वेको यात्रा गरे ।

पुलिसका अनुसार जसै उनी आफ्नो घर पुगे, तब उनी हतार हतारमा सुते । ट्यक्सी ड्राइभर भने बाहिर बसिरहे । उनी ट्याक्सीको भाडा बापदको २२ डलर कुरेर बसेका थिए । तर उनलाई बोलाउन कोही पनि घर बाहिर निस्किएनन् ।

कुर्दा कुर्दै उनको ट्याक्सीको ब्याट्री पनि सकियो । त्यसपछि ट्याक्सी ड्राइभरले ओस्लो पुलिसको सहयोग मागे । पुलिसले ट्विटमार्फत रक्सीले मातेर २२ सय डलर ट्याक्सीको बिल तिरेको पुरै कथा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस