घटना भएको रात पल शाहसँगै सुतेका कमल खत्री दिए यस्तो बयान दिए पछि …..

काठमाडौं,अदालतले बुधवार अभियुक्त लगायतकाको बयान सक्काएर थुनछेक बहस सुरु गरेको हो। बहसको क्रममा बालिकाको तर्फबाट जिल्ला न्यायाधीवक्तासँगै बालिकाको तर्फबाट बहस गर्न पुगेका अधिवक्ताहरूले बहस गरेका थिए।राधिका खतिवडा लगायतका करिब एक दर्जन अधिवक्ताले किशोरीका तर्फवाट वहस गरिरहेका छन् । उनीहरुले बहसका क्रममा प्रमाणले शाहले नाबालिगलाई विवाहको प्रलोभनमा पारेर करणी गरेको देखिएको र उनी धरौटीमा छुटेमा प्रमाण नष्ट गर्न सक्ने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

जोशीले नाबालिगसहितलाई ध’म्क्या’उने र अनुसन्धानलाई प्रभावित पार्न खोजेको र प्रमाणमा छेडखानी गरेको दाबी गर्दै उनीहरूले उनलाई समेत मतियारको रूपमा पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगतर्फबाट उनका बुवाले उजुरी दिएका थिए । त्यसको ५ दिन पछि अभिनेता शाहले प्रहरीमा आत्मसमर्पण गरेका थिए । त्यसको केही दिन पछि उनका म्यानेजर जोशी पनि पक्राउ परेका हुन् । प्रहरीले जोशीलाई मतियारका रुपमा प्रस्तुत गरेको छ । मङ्गलवार उनीहरुविरुद्ध जिल्ला न्यायाधीवक्ताको कार्यालय तनहुँले अभियोग पत्र दर्ता गरेको थियो।

पल शाह क’र’णीमा मुछिएको तनहुँ घटनामा गायक कमल खत्रीसँग पनि प्रहरीले बयान लिएको छ । क’र’णी भएको भनिएको दिन पलले आफू खत्रीसँग सुतेको बताएका छन् । घटनाबारे के भन्छन् त खत्री ?

यस्तो छ उनको बयान:-
म विगत देखी कलाकारिता (गायन) क्षेत्रमा रहेको र पीडित तथा प्रतिवादी पनि कलाकारिता क्षेत्रमा काम गर्ने हुँदा चिनजान भएको हो । मैले रचना गरी संगित दिई म आफैले गाएको फिका फिका बोल गितको म्युजिक भिडिओको मोडल भूमिकामा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह समेतको सुटिङ टोली काठमाडौंबाट मिति २०७८-०१-१३ गते पोखरा गई सुटिङ गरी बाँकी भागको सुटिङ गर्न प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा वस्ने प्रदिप थापासँग फोन सम्पर्क गरी दुलेगौडामा सुटिङ गर्ने भनि हामी सुटिङ टोली पोखराबाट दुलेगौडा आउने तरखरमा रहँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले फोनमा कुरा गर्दै गरेको आफ्नो मोवाइल मलाई दिई पीडितसँग कुरा गर्नु भनेकाले र पीडितले भोलीबाट कास्कीमा लकडाउन हुने भयो म पनि तपाइँहरुसँगै काठमाण्डौ जान्छु भनेकीले पीडित सहितको सुटिङ टोली साँझ मिति २०७८-०१-१४ गते साँझ पीडित नाबालिका, प्रतिवादी पल शाह भन्ने पूर्ण बिक्रम शाह, जुरी ठाकुर र म समेत चार जना प्रदिप थापाको घरमा बास बस्ने क्रममा घरधनी प्रदिप थापाले पीडित नावालिकालाई छुट्टै कोठामा, प्रतिवादी र मलाई एउटा कोठामा तथा जुरी ठाकुरलाई हलमा सुत्ने व्यवस्था गरी दिएकोले सबै जना सँगै खाना खाई म, राती अन्दाजी साढे ११ बजेतिर कोठामा गई सुतेको थिएँ । प्रतिवादी राती कति बेला आएर मसँगै सुते मैले थाहा पाइन ।

प्रतिक्रिया दिनुहोस