काठमाडौको मेयरमा ३ जना सेलेब्रेटीको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौ ,काठमाडौलाई कलाभुमी भन्दा फरक नपर्ला । कलाकारिता गर्ने र स्टार हुने सपना भएकाहरु प्रायः काठमाडौमै संघर्ष गरिरहेका छन् ।पछिल्लो समय कलाकारितामा लागेकाहरुको खुलमखुल्ला राजनैतिक मोह देखिन थालेको छ । यसको पछिल्लो उदाहरण हो, काठमाडौ महानगरपालिकाको मेयरमा कलाकारहरूको उम्मेदवारी घोषणा ।

गएका बर्षहरुमा आफ्नै कर्म मात्रै गरिरहेका कलाकार तथा पत्रकारहरु पनि यसपटक नेतृत्वको लागि यसरी जुर्मुराउदा पक्कै देशले केही परिवर्तन खोजेको छ भन्ने बुझ्न सकिन्छ ।
चुनाव नजिकिदै गर्दा काठमाडौ महानगरपालिकाको लागि मेयरमा उम्मेदवारी दिनेहरुको चर्चा अरुभन्दा अलि बढी छ ।त्यसको मुख्य कारण हो, सेलिब्रेटिको उम्मेदवारी घोषणा । मेयरमा लोकप्रिय र्यापर बालेन शाह, पुर्व मिस नेवा सुनिता डंगोल र सदावहार नायक भुवन केसिले उम्मेदवारी घोषणा गरेका छन् ।

र्यापर शाहको उम्मेदवारीको भने चर्चा निकै लामो नै भैसक्यो । उनको घोषणासंगै धेरैले उनलाई समर्थन गरिरहेका छन् । यता अभिनेता केसि र पुर्व मिस नेवा डंगोलको भने उम्मेदवारी घोषणा ताजै छ ।काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर बालेन शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्दैछन् ।

३१ वर्षीय र्यापर शाह पेशाले स्ट्रकचरल इन्जिनियरसमेत हुन् । ‘फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसँगै काठमाडौंका नगरबासीको हितमा के गर्न सकिन्छ’ भन्ने विषयमा गृहकार्य गरिरहेका छन् । उनी काठमाडौं अवस्थित गौरीगाउँ निवासी हुन् ।

यस्तै पुर्व मिस नेवा सुनिता डंगोलले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिदैछिन् । अहिले उनि चुनावको लागि आन्तरिक तयारी गर्दैछिन् । विकास निर्माणका भावी योजना, चुनावी घोषणा पत्र आदि बनाउने कार्यमा समेत ब्यस्त उनि चुनावी क्याम्पेनका लागि टीम निर्माण गर्ने काममा समेत रहेको बुझिएको छ ।

सुनिता अहिले विभिन्न कार्यक्रमहरुको सञ्चालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएकी छन् । उनले सन् २०११ मा मिस नेवा सातौ संस्करणको ताज पहिरिएकी थिइन् ।त्यसैगरी सदावहार नायक केसिले भने उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीको मंगलबार बसेको केन्द्रिय बैठकले भुवन केसिलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

मेयरका उम्मेदवार केसीको महानगरवासीलाई शहरीया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने मुल एजेन्डा रहेको छ । परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी पाएको केसिको खुला किताब चुनाव चिन्ह रहेको छ ।

प्रतिक्रिया दिनुहोस