चर्चित अभिनेत्री आम्रपालीले नेपाली रीति रिवाजमा बिहे गरेपछि फ्यानहरु चकित

काठमाडौं, भोजपुरी अभिनेत्री आम्रपाली दुबेले आफ्नो इन्स्टाग्राममा एक तस्विर साझा गरेकी छिन् ।यो तस्विरले उनका फ्यानहरुलाई पनि छक्क पारेको छ । आम्रपाली दुबे र निरहुआले आ–आफ्नो इन्स्टाग्राममा विवाहको तस्विर सेयर गरेका छन् । यो तस्विरमा दुवै जनाले नेपाली रीति रिवाज अनुसार विहे गरेका छन् । यो तस्विर बाहिर आएसँगै आम्रपाली दुबेले एक इन्स्टा रिल पनि सेयर गरेकी छिन् ।निरहुआ दुलहा र आम्रपाली दुलहीको रूपमा देखिएकी छिन्, उनीहरु रोमान्टिक शैलीमा भिडियो बनाउँदै छन् ।

भोजपुरी सिनेमाको यो सुपरहिट जोडीको यो स्टाइल निकै रुचाइएको छ । निरहुआसँगको यो भिडियो सेयर गर्दै आम्रपाली दुबेले लेखिन्, ‘हाम्रो पहिलो रिल ।’ यस भिडियोमा आम्रपाली पूरै सजिएको देख्न सकिन्छ ।फ्यानले दुवैलाई नम्बर एक जोडी भनेका छन् ।

कतिपयले उत्कृष्ट भिडियोहरू भनेका छन् भने धेरैले उनीहरूलाई स्विट भनेका छन् ।यसरी उनीहरु फेरी फ्यानहरुको मन जित्न सफल भएका हुन् । जे होस्, आम्रपाली दुबे र निरहुआ भोजपुरी सिनेमाको सुपरहिट जोडी हुन् । दुबैले करिब दुई दर्जन फिल्म सँगै गरेका छन् ।

उनीहरुको कुनै पनि गीत आउँदा सामाजिक सञ्जालमा हंगामा मच्चिन्छ । यो म्युजिक भिडियो हो कि फिल्म सुटिङको भिडियो त्यो हेर्न बाँकी छ ।जे भए पनि फ्यानका लागि उनीहरु केही धमाका ल्याउँदैछन् भन्ने बुझ्न सकिन्छ । यी दुईले आगामी दिनमा के गर्छन भन्ने कुरा हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस