चुनावको मुखैमा ओलीको गृहजिल्लामा पुर्बराजा ज्ञानेन्द्रले चाले यस्तो कदम देशै भरी छायो खुसियाली

अहिले नेपाली राजनीति अमेरिकी सहयोग परियोजना एमसीसीले गर्माउन थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाह एक्सनमा उत्रिएका छन् ।पूर्व राजाले आज एउटा विज्ञप्ति निकालेर फेरी नेपालको राजसंस्था सक्रिए भएको संकेत पनी उनले गरेका छन्न ।

अहिले पुर्ब राजा उनले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गरेका छन् ।।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार पूर्व राजाले जारी गरेको ,शुभकामना सन्देशमा जनताले अपेक्षा गरेको, रोजे खोजेको ,सही शासन पद्धति र ,विधि ,विधानमा लाग्न सबैको ध्यान जाओस् भनिएको छ ।

पूर्व राजाले भनेका छन्, ‘आफ्नो देशको प्रकृति र परवेशबाट पृथक भएर बाहिरी लोभ,प्रलोभनमा पर्नु प्रजातन्त्र होइन प्रजातन्त्र नियन्त्रित र निर्देशित हुँदैन यो स्वतः स्फूर्त एवं लोकसम्म हुन्छ र हुनुपर्छ। जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली पनि हो ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ उनले नेपालमा राजसंस्था जिवित रहेको जिकिर गर्दै भनेका छन्, राष्ट्र राष्ट्रियतासहितकोप्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छनरहिरहने छन् ।

पुर्ब राजाले उनले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुयाएको र जनतालाई निराशाको दहमा डुबाउदै लगेको महशुस भएको बताएका छन्। उनले जनताले दुःख पाउनुमा नेतृत्वसहित नेपालको निर्वाचन प्रणाली पनि दोषी भएको बताएका छन् । अब यसको समिक्षा गर्नका लागि सबै तयार हुन पर्ने उनको भनाई छ ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो उनले भनेका छन् अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोकरोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।

प्रतिक्रिया दिनुहोस