बिबाहको उमंगमा सबै नाचगानमा थिए, बेहुली त्यही मौकामा प्रेमीसँग भागेपछि ….

काठमाडौं । बिहेको एक रात पहिले बेहुलीले जे गरिन्, त्यसले सबैलाई हैरान बनाएको छ । उनले यतिसम्म जुक्ति लगाईन् की बिबाह गरेको रात समेत बेहुलाले एकसाथ समय बिताउन पाएन । उनी त्यही रात अर्कै केटासँग भागेपछि बबाल भएको हो । भारत उत्तर प्रदेशको चौबेपुर स्थानीय बजार निवासी एक युवती बिहे गर्नुअगाडि आफ्ना प्रेमीको साथ भागेकी हुन् ।

कुरा शनिबार रातीको हो । प्राप्त जानकारी अनुसार आइतबार युवतीको बिहे तय भएको थियो । परिवारले बिहेको सबै तयारी पुरा गरेको थियो । बाँकी केवल मुक्तिगञ्ज जौनपुरबाट जन्ती आइपुग्न मात्र बाँकी थियो । फरार युवतीका परिवारका सदस्यहरू शनिबार राति विवाह समारोहमा व्यस्त थिए । राती अबेर, विवाह समारोह पछि, परिवार खाना खाए पछि निदाए ।

त्यसपछि राति करिब दुई बजे केटीले अर्कै केटासँग बिहे गर्दिन लागेको कुरा थाहा पाएर आफ्नो प्रेमीसँग फरार भएकी हुन् । त्यसपछि फरार युवतीका परिवारका सदस्य बिहान चौबेपुर प्रहरी चौकी पुग्नुपर्यो । बिहान चौबेपुर प्रहरी चौकी पुग्दा फरार युवतीका आफन्तले प्रहरी चौकीमा हंगामा पनि गरेको बताइएको छ ।

हल्लापछि, प्रहरी टोली पनि काममा लाग्यो । त्यसपछि प्रहरी टोलीले कान्जाद बस्तीबाट धेरै युवालाई पक्राउ गर्यो । हाल प्रहरीले ती युवालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । उनीहरु भागेर कहाँ पुगे भन्ने कुराको कुनै जानकारी छैन । तर घटना यति रोचक भयो की । उज्यालो हुन केही घण्टा मात्र बाँकी थियो ।

बिहे घरमा आफन्तहरु रात्रि समयमा नाचगान गरिरहेका थिए । विवाहको खुबै रौनक थियो । बिहानै जन्ती आउने भएकाले भोजको पूर्ण तयारी थियो । तर त्यही मौकामा बेहुली प्रेमीसँग भागिदिइन् । गाउँनै चर्चामा आयो ।

प्रतिक्रिया दिनुहोस