अफ्रिका भारतको लागि प्राथमिकता महादेश हो, श्रोत खोजी सहयोगमा सामेल हुने ठूलो सम्भावना: मन्त्रालय

नयाँ दिल्ली, भारत, मे २७ (एएनआई) अफ्रिकालाई भारतको लागि प्राथमिकता महादेशको रूपमा रहेको कुरा जनाँउदै भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार अफ्रिकी महादेशमा तेल र ग्यासको अन्वेषणमा भारतले सहयोग गर्ने ठुलो संभावना रहेको बताएको छ । विशेष गरी पश्चिमी अफ्रिकामा सहकार्यमा भारत सामेल हुने ठूलो सम्भावना रहेको बताइएको छ ।

बिदेश मामिला मन्त्रालयका सचिव डम्मु रवि ले उपराष्ट्रपति एम वेंकैया नायडुको अर्को हप्ताको ग्याबोन, सेनेगल र कतारको भ्रमणको बारेमा भएको विशेष ब्रीफिंगलाई सम्बोधन गर्दै “पश्चिम

अफ्रिकी देशहरूसँग तेल र ग्यास जस्ता प्राकृतिक स्रोतहरू छन् र यी श्रोतहरु पूर्ण रुपमा खोज नगरिएको बताँउदै भारतीय कम्पनीहरूको लागि ग्याबोन र सेनेगलसँग सहकार्यमा सामेल हुने प्रशस्त सम्भावनाहरू छन्” भनी बताएका हुन् ।

उपराष्ट्रपति वेंकैया नायडूले मे ३० देखि जुन ७ सम्म तीन राष्ट्र (गाबोन, सेनेगल र कतार) को भ्रमण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस