सहमतिमा शारीरिक सम्बन्धपछि बलात्कारको आरोप लगाउने युवती दोषी ठहर

काठमाडौं। अस्ट्रेलियामा एक युवकले एक युवतीसँग शारीरिक सम्बन्ध राखिसकेपछि उनलाई सामाजिक संजालमा ब्लक गरिदिए । यो कुराले ती महिला यति रिसाइन् कि उनले ती युवकमाथि बलात्कारको आरोप लगाइन् । यतिमात्र नभइ उनले युवकलाई ज्यान मार्ने धम्की दिएर बलात्कार र लुटपाट जस्ता गम्भीर आरोप लगाइन् । तर, अदालतमा उनका आरोप निराधार साबित भएका छन् । अदालतले उल्टै ती युवतीलाई हत्याको धम्की दिएको आरोपमा दोषी ठहर गरेको छ ।

एडिलेड नावको एक रिपोर्टअनुसार अस्ट्रेलियाको एडिलेडमा ती युवतीलाई आफ्ना पुरुष मित्रलाई ज्यान मार्ने धम्की दिएको, प्रताडना र अंगभंगको धम्की दिएको आरोपमा दोषी ठहर गरिएको हो । उनले आफ्ना पुरुष मित्रमाथि बलात्कारको आरोप लगाएकी थिइन् । एडिलेड जिल्ला अदालतमा भएको सुनुवाइमा युवकले बताएअनुसार २०१७ मा उनीहरुबीत सहमतिमै शारीरिक सम्बन्ध भएको थियो । त्यसपछि उनले युवतीलाई सामाजिक संजालमा ब्लक गरिदिएका थिए ।

यही कुराले रिसाएकी युवतीले उनलाई धम्की दिन थालेकी थिइन् । धम्की मात्र नभइ युवतीले उनीमाथि बलात्कार र डेबिट कार्ड चोरेर पैसा खर्च गरिदिएको आरोप समेत लगाएकी थिइन् । युवतीले उनीमाथि आरोप लगाउँदै युवकले आफ्नो सहमतिबिना आफ्नो डेबिट कार्ड प्रयोग गरेर ६०० डलरको रक्सी किनेको र त्यही रक्सी खुवाएर आफूलाई बेहोसीको हालतमा पुर्याएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अदालतमा अभियोजकले बताएअनुसार ब्लक गरिएपछि रिसाएकी युवतीले पुरुष मित्रलाई बलात्कारको आरोप लगाइन् । उनले फेसबुकमा फर्जी प्रोफाइल बनाएर ती युवकका साथसाथै उनका परिवारलाई समेत धम्की दिउकी थिइन् । अदालतले उनलाई पुरुष मित्रलाई मार्ने धम्की, प्रताडित गरेको, अंग भंग गर्ने धम्की, परिवारलाई प्रताडित गरेको आरोपमा दोषी ठहर गरेको छ । जनवरीमा अर्को सुनुवाइमा उनलाई सजाय सुनाइनेछ । युवती अहिले धरौटीमा बाहिर छिन् ।

प्रतिक्रिया दिनुहोस