मृत भेटिएकी गायिका दिलमाया लिभिङ टुगेदर’मा रहेको रहस्य खुल्यो, यस अघि पनि गरेकी थिइन् आ त्मह त्याको प्रयास

काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृ त अबस्थामा फेला परिन् । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सु सा इड नोट’ आशयको स्टाटस पोस्ट गरेकी उनी शनिबार बिहान पौने ११ बजे आफ्नै कोठामै मृतावस्थामा फेलापरेकी थिइन् ।

मृ त भेटिएकी उनको अझै पनि मोबाइल फेला नपरेपछि ह त्या भएको आशंका प्रहरीले गरेको छ । प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग गर्ने मोबाइल कोठामै देखिएको थियो । त्यसपछि मोबाइलको ‘लोकेसन’ देखिएको छैन ।

मोबाइल समेत फेलापरेको छैन । यहि कारण पनि फेसबुकमा लेखिएको स्टाटस उनले वा अरू कसैले भन्नेमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । दिलमाया पक्राउ परेसँगै लिभिङ टुगेदर’मा बस्दै आएका सूर्य श्रेष्ठ पक्राउ परेका छन् । सूर्यले अर्को विवाह समेत गरेको बताइएको छ ।

सूर्यसँगको सम्बन्धकै कारण दिलमाया तनावमा रहेको र यस अघि पनि दिलमायाले आ त्मह त्याको प्रयास गरेको तर उनलाई अस्पताल लगेर बचाइएको बताइएको छ । शुक्रबार राति पनि सूर्य दिलमायाको कोठाबाहिर देखिएको बताइएको छ ।पतिसँग सम्बन्धविच्छेद पछि उनी केही वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको खुलेको छ । उनका एक छोरा सुर्खेतमा बस्दै आएको बताइएको छ । दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही गीत गाए पछि उनी चर्चित बनेकी थ्इिन् ।

प्रतिक्रिया दिनुहोस