AJK विधानसभामा विधायकहरूको हानाहान

मुजफ्फराबाद (आईएनपी): पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का फहीम रब्बानीले पूर्व प्रधानमन्त्री राजा फारुक हैदरलाई लक्षित गरी सेल फोन हानेपछि आजाद जम्मू र कश्मीर (एजेके) विधान सभाका सदस्यहरू बिच हानाहान सुरु भएको हो ।

यसअघि विपक्षी दलका नेता लतिफ अकबरले संसदको तल्लो सदनमा बोल्दै प्रधानमन्त्री सरदार तनवीर इलियासले पीटीआई अध्यक्ष इमरान खानलाई आफू विधायक बन्नका लागि खुबै चाप्लुसी गरेको आरोप लगाएका थिए ।

यस कुरामा बेन्चबाट उठ्ने र कराउने क्रम सुरु भएको थियो जुन पछि गएर हानाहान सम्म पुग्न गयो ।

AJK प्रधानमन्त्रीको कडा आलोचना गर्दै, विपक्षी नेता लतिफ अकबरले बागको सार्वजनिक सभामा सरदार तनवीर इलियासको भाषणले सम्पूर्ण कश्मीरीहरुलाई लज्जीत पारेको पनि बताएका थिए ।

यसैबीच, पीटीआई विधायक फहिम रब्बानीले पूर्व प्रधानमन्त्री राजा फारुक हैदर खानलाई लक्षित गर्दै सेल फोन फ्याँके। यसले विपक्षी र ट्रेजरी बेन्चका विधायकहरू झगडामा झनै तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस