समीक्षा अधिकारीको तिज गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं – नेपालि गीत संगीत क्षेत्रमा असार महिनाको १५ कट्न साथ तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।

भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।

जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीतहरु बजारमा आउने क्रममा पछिल्लो समयकी चरचित गायिका समीक्षा अधिकारीको नयाँ तिज गीत सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वरमा रहेको तिज गीत आइतवार सार्वजनिक भएको हो ।

बाबुराम बोहराको लय शब्दमा तयार भएको सो गीतको म्युजिक भिडियोमा अन्जली अधिकारीको उत्कृष्ट नृत्य हेर्न सकिन्छ।

काजिस श्रेष्ठको निर्देशन मा तयार भएको उक्त गीतको भिडियो छायांकन राजेश घिमिरेले गरेका छन भने सम्पादन दिपक बिस्टले गरेका छन । गीत तिर्सना म्युजिक बाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस