कुन दिशातर्फ शिरानी राखेर सुत्दा शुभः हुन्छ र कुन दिशा तर्फ अशुभः जान्नुहोस्

सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ ।

गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ। पृथ्वीको दक्षिणमा ध्रुव र शिरको रूपमा मनुष्यको उत्तरी ध्रुवले ऊर्जाको एउटा धारा पूर्ण पार्छ। त्यसैप्रकार पृथ्वीको उत्तरी ध्रुव र मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि उर्जाको अर्को धारालाई पूर्ण पार्छ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन।

त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ। यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख–समृद्धि एवं सम्पन्नता हुने गर्छ।यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ।

अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन।सुत्नको लागि पूर्व सबैभन्दा राम्रो हो । उत्तर पूर्व पनि सुत्न सकिन्छ । पश्चिम राम्रो मानिन्छ । दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस