साउथ अभिनेता अल्लू अर्जुन भन्छन् ‘म बलिउडमा काम गर्न तयार छु’

साउथ अभिनेता अल्लू अर्जुनले आफु बलिउडमा काम गर्न तयार भएको बताएका छन् । पुष्पा’ रिलिजपछि हिन्दी अडियन्समा ठूलो क्रेज बनाएका अल्लुलाई बलिउडमा डेब्यू गराउन ठूला कम्पनीहरु प्रयासरत छन् । अल्लू भन्छन्, ‘यो मेरो लागि सजिलो काम होइन तर, सही मौका मिलेको खण्डमा आफ्नो सबथोक दिनेछु ।

हिन्दी फिल्ममा अभिनय गर्न अहिलेलाई थोरै मुश्किल छ तर, जब सही समय आउँछ म आफ्नो कम्फर्ट जोनबाट पूरै बाहिर निस्कन्छु ।’उनले । राम्रो स्क्रिप्टबाट अफर आएको खण्डमा बलिउड फिल्ममा काम गर्न कुनै समस्या नभएको बताएका हुन् ।

पुष्पा’ले हिन्दी भर्सनमा मात्र १ सय १० करोड बढीको कमाई गरेको छ । सुकुमारले निर्देशन गरेको फिल्ममा रश्मिका मन्दाना, सुनील, फहाद फासिल, प्रकाश राजको पनि अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस