देश संकटमा डुवेर सारा जनता तनावमा रहदा यो लाजमर्दो तस्वीरले ततायो माहोल !

दक्षिण एसियामा मात्रै नभएर विश्वभर श्रीलंकाको चर्चा भइरहेको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिए पनि तनाव कम हुन सकेको छैन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेपछि उनी बुधबार श्रीमती र दुई कर्मचारीसहित माल्दिभ्स हुँदै भागेर सिङ्गापुर पुगेका छन् ।

आन्दोलनकारीले हालसम्म राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, प्रधानमन्त्री निवास र राज्य प्रसारकलाई कब्जामा लिएका छन् । विपक्षी दलका नेता सजित प्रेमदासले सरकार अराजक भएको बताएका छन् ।

यसैबीच, श्रीलंकाको सरकारी सूचना विभागले कोलम्बो जिल्लामा आज दिउँसोदेखि भोलि बिहान ५ बजेसम्म कर्फ्यु रहने घोषणा गरेको छ । शनिबारदेखि प्रदर्शनकारीले महत्वपूर्ण प्रशासनिक भवन कब्जा गरेका छन् । सार्वजनिक भिडियोमा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । आन्दोलनकारीले अन्तरिम सरकार बनेपछि मात्रै सम्पति अधिकारीलाई हस्तान्तरण गर्ने बताउँछन् ।

नयाँ सरकारबाट गिरफ्तारी हुने डरले राजपाक्षे राजीनामा दिनुअघि विदेश गएका थिए । यसबीच सामाजिक सञ्जालमा एक अर्को तस्वीर पनि भाइरल भइरहेको छ । तस्वीरमा एक जोडी प्रदर्शनकाबीच चुम्बन खाइरहेका छन् । उक्त तस्वीरलाई लिएर रमाइला रमाइला प्रतिकृयाहरु आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस