प्रहरीले पिछा गर्दै जाँदा पिकअप नै छाडेर चालक भागे, शंका लागेर हेर्दा प्रहरीनै चकित..

जनकपुरधाम । सर्लाही प्रहरीले शंका लागेको आधारमा पिछा गर्दै जाँदा पिकअप गाडीबाट लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले पिछा गरेको देखेपछि चालक भागेका छन् ।

लालबन्दी नगरपालिका १६ मा प्रहरी गस्ती टोलीले बा ६ च ८६६६ नम्बरको पिकअप गाडीलाई शंकास्पद अवस्थामा रानीगञ्जतर्फ जाँदै गरेको अवस्थामा देखेपछि पिछा गरेको थियो ।

प्रहरीले पिछा गरेको देखेपछि मिलन चोकस्थित जंगल नजिकै गाडी छाडेर चालक भागेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार गाडी जाँज गर्दा पछाडी भागमा फल्स बटनमा लुकाई राखेको ४५ किलो गाँजा बरामद भएको छ । ५ वटा पोका बनाएर राखिएको अवस्थामा गाँजा बराद भएको भन्दै उनले फरार भएका चालकको खोजी तथा अन्य अनुसन्धान भइरहेको बताएका छन् ।

यस्तै… नेपाल पैसा पठाउदै हुनुन्छ ? आज बढ्यो मलेसियन रिंगट, साउदी रियाल लगायत यी देशका मुल्य

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा र युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ७० पैसा र बिक्रीमा ९९ रुपैयाँ १६ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९ रुपैयाँ ४१ पैसा,

चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ९७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८० पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस