यी दाह्रीवाली युवतीको रोचक कहानी, भन्छिन् – ‘दाह्री केटाहरुले जसरी काट्दै आएको छु, पालिरहने हो’

काठमाडौँ । युवाहरुमा दाह्री आउनु सामान्य मानिन्छ । तर युवतीहरुमा दाह्री आउनु धेरै आश्चर्यजनक कुरा हो । युवतीमा दाह्री लाखौँ मध्ये एकाधमा आउने गर्छ । यदी यस्तो भयो भने युवतीलाई निकै पिडा दिने गरेको पाइएको छ ।

तर अमेरिकाकी एक युवतीलाई दाह्री आउदा पनि कुनै पिडा छैन । कुक नाम गरेकी यी युवतीले सुरु सुरुमा केही अप्ठ्यारो लागेता पनि अहिले सामान्य लाग्ने बताएकी छिन् । उनले आँफुलाई दाह्री पाल्ने बानी नै परेको बताइन् । अहिले ३० वर्षकी पुगेकी उनको गालामा १३ वर्षको उमेरदेखि नै दाह्री आउन सुरु भएको हो ।

सुरुसुरुमा उनले दाह्री हटाउनका लागि खोपको समेत प्रयोग गरिन् । तर त्यसले समस्या समाधान गरेन ।पछिल्ला दिनमा उनलाई दाह्रीले कुनै अप्ठ्यारो नै नपारेको बताइन् । उनका दाह्री पहिलो पटक देख्नेहरुले उनलाई अनौठो तरिकाले हेरिरहने गर्छन् ।

द सनका अनुसार डकोटाले कैयौँ पटक अस्पताल गएर दाह्री नआओस् भनेर स्वास्थ्य परिक्षण गराएकी थिइन् । उनले सन् २०१५ देखि केटामान्छेले जसरी निरन्तर आफ्ना दाह्रीहरु काट्दै आएकी छिन् । अहिले उनले आँफुले आँफैलाई दाह्रीवाली भन्न रुचाउँछिन् ।

प्रतिक्रिया दिनुहोस