नयाँ एएफ-पाक तनाव: पाकिस्तानले अमेरिकी ड्रोनलाई अनुमति दिएको अफगानीस्तानको आरोप

वाशिंगटन, डीसी – पाकिस्तान र अफगानिस्तान बीचको सम्बन्धमा थप बिग्रिएको आरोपमा, तालिबान शासकहरूले आफ्ना पूर्व सहकर्मी देश पाकिस्तानलाई जुलाई ३१ मा काबुलमा संयुक्त राज्यको ड्रोन आक्रमणमा सहयोग गरेको आरोप लगाएका छन् ।

स्मरण रहोस् यसै ड्रोन आक्रमणले अल कायदा प्रमुख अयमान अल(जवाहिरीको हत्या गरेको थियो। पाकिस्तानले अमेरिकी कारबाहीलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको आरोपमा अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकुब मुजाहिदले उक्त आक्रमणमा अल-जवाहिरीको मृत्यु भएको पुष्टि गरेनन्। उनले आक्रमणबारे अनुसन्धान जारी रहेको बताए ।

पाकिस्तानको सबैभन्दा ठूलो विपक्षी दल पाकिस्तान तहरीक(ए(इन्साफका प्रमुख व्यक्तित्व शिरीन मजारीले पनि अमेरिकालाई पाकिस्तानी सैन्य अखडाबाट आफ्नो हत्यारा ड्रोन प्रक्षेपण गर्न अनुमति दिएको छ कि छैन भनेर पाक सरकारले स्पष्ट रूपमा बताउनु पर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस