चिनियाँ कम्पनीले पाकिस्तानको निलम–झेलम जलविद्युत आयोजना त्याग्ने

मुजफ्फराबाद [PoK], सेप्टेम्बर 11 (ANI): चिनियाँ इन्जिनियरहरू र कर्मचारीहरूले पाकिस्तान प्रशासित कश्मीरमा निलम-झेलम जलविद्युत परियोजनाको मर्मत र बिकास गर्न छाडेका छन् । यस वर्ष जुलाईको सुरुदेखि पाकिस्तानले लगातार इन्धन र बिजुलीको अभाव सामना गरेपछि यो परियोजना बन्द गरिएको चीन पक्षले जनाएको हो ।

चिनियाँहरूले प्लान्टलाई लिएर स्थानीय विरोध र पाकिस्तानी पुलिसले विश्वसनीय सुरक्षा प्रदान गर्न असफल भएको बहाना पनि दिएका छन् । यता चीनले परियोजनालाई अचानक उल्ट्याएपछि पाकिस्तान र चीनबीच संयुक्त जलविद्युत परियोजनाहरूमा ठूलो दरार उत्पन्न भएको छ।

प्लान्ट पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद नजिकै अवस्थित छ र चिनियाँ इन्जिनियरहरूले महत्त्वपूर्ण सुरुङ खोल्ने काम गरिरहेका थिए।५०८ अर्ब रुपैयाँको जलविद्युत परियोजना सञ्चालन गरेको तीन वर्षभित्रै अचानक रोकिएको छ ।

यसले संयुक्त परियोजनाहरू, विशेष गरी नीलम झेलम प्लान्ट बाहेक दासु र मोहमन्द पावर परियोजनाहरूमा पाकिस्तानी र चिनियाँ अधिकारीहरूबीच गम्भीर मतभेदलाई उजागर गरेको भन्दै इस्लाम खबरले रिपोर्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस