९० प्रतिशत अफगानीहरुले बालिकाहरुलाई स्कुलमा फर्काउन अनलाइन पोलिंगमा मत दिए

अफगानिस्तानमा महिलाहरूको विद्यालय पुनः खोल्ने सम्बन्धमा टोलोन्यूजले गरेको अनलाइन सर्वेक्षणमा, करिब ९० प्रतिशत मतदाताले कक्षा ६ भन्दा माथिका बालिकाहरूका लागि विद्यालयहरू पुनः खोल्ने पक्षमा समर्थन गरे भने १० प्रतिशतले यो निर्णयको विरोध गरे। यो २४ घन्टा मतदान टोलो न्यूजको फेसबुक र इन्स्टाग्राम पृष्ठहरूमा साभर गरिएको थियो।

फेसबुकमा ३४ हजार १ सयभन्दा बढीले मतदान गरेका छन् जसमा ८९.७ प्रतिशतले बालिका विद्यालय खोल्ने पक्षमा छन् भने १०.३ प्रतिशतले विपक्षमा मत दिएका छन् ।

यसअघि शिक्षा मन्त्रीले साँस्कृतिक कारणले बालिका विद्यालय बन्द रहेको र छोरीलाई विद्यालय पठाउन परिवार आफैं राजी नभएको बताएका थए । उनको भनाइलाई यस सर्वेक्षणले कडा प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस