हतियारधारीले आक्रमण गर्दा प्रहरी जवान घाइते

लक्की मारवत : बुधबार राति मञ्जीवाला लिंक रोडमा गस्ती गर्ने टोलीमाथि हतियारधारीले आक्रमण गर्दा एक प्रहरी घाइते भएका छन् ।

एक प्रहरी अधिकारीका अनुसार एसएचओ अब्दुल रज्जाकको नेतृत्वमा लक्की मारवत पुलिस स्टेशनको एक दलले स्थानीयको सूचनामा मञ्जीवाला लिंक रोडमा गस्ती गर्न थालेका थिए।

पहारखेल थल क्षेत्र नजिक मोटरसाइकलमा लक्की शहरतर्फ आउँदै गरेका संदिग्धहरूसंग गस्ती टोलीको आमनसे सामने भएको थियो ।

हतियारधारीसँगको गोली हानाहानमा जमील नामका हेड हवल्दार घाइते भएको उनले बताए । उनलाई स्थानीय अस्पताल लगिएको थियो ।

एसएचओ र अन्य प्रहरीहरु भने सकुशल रहेको र आक्रमणकारीहरु भाग्न सफल भएको ति अधिकारीले बताए । उनका अनुसार डीपीओ जियाउद्दीन अहमद सहित सुदृढ टोली त्यहाँ पुग्यो र क्षेत्रमा खोजी सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस