अरशदलाई छाड्न सल्लाह दिएको इमरान खानको स्वीकारोक्ति

केन्यामा पत्रकार अरशद शरीफको दुखद हत्याको तीन दिनपछि पाकिस्तान स्तब्ध भएको छ । यस बिषयमा धेरै अझै पनि हत्याको पछाडिको वास्तविकता निर्धारण गर्नुको सट्टा पीडितले के गरे भन्ने बहसमा छन्।

कट्टर आलोचकलाई देशबाट भाग्न कसले भन्यो भन्ने कुरालाई लिएर जवाफ दिँदै, पीटीआई अध्यक्ष र पूर्व प्रधानमन्त्री इमरान खानले अरसदलाई देश छाड्न भन्ने म नै हुँ भनेका छन् ।

दैनिक टाइम्स समूहका सम्पादक काजम खानसँगको एक विशेष कुराकानीमा, पीटीआई अध्यक्षले आफ्नो दावीमा अडिग रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीले पाकिस्तानी प्रख्यात पत्रकार अर्शद शरीफको हत्याको निन्दा गर्दै आफू देशभक्त भएको र पाकिस्तानको पीडा आफूले बुझेको बताए।

आज राष्ट्र उनको पक्षमा उभिएन भने हामी र जनावरमा कुनै भिन्नता रहँदैन भन्दै इमरान खानले कडा वक्तव्य दिएका छन् ।

पीटीआई अध्यक्ष इमरान खानले अर्शद शरीफ सत्यको पक्षमा उभिएको र उनको अन्तस्करणको पाकिस्तानमा कुनै मूल्य नभएको बताए।

मैले पत्रकारितामा अरशद शरीफलाई सबैभन्दा बढी सम्मान गर्छु र म अर्शद शरीफको मृत्युमा धेरै दुःखी छु, इमरान खानले बताए ।

प्रतिक्रिया दिनुहोस