घर किन्दा श्रीमती सित्तैमा, घर किन्ने पुरुषले पाउने भए यति राम्री श्रीमती !

एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु सुनिन्छ । जस्तै, ‘एउटा सामान किन्दा अर्को सामान सित्तैमा’ लगायत अफर सुनिएकै हो । तर भर्खरै यो अफरलाई पनि चुनौति दिँदै बजारमा ‘घर किन्दा श्री मती सित्तैमा’ भन्ने अनौठो अफर अहिले चर्चामा छ ।

यो अफर हो इण्डोनेसियाको । जहाँ घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल बनेको छ । एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ ।

विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृस त्युसंगै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ । एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

सहकारीका आवरणमा अरू नै व्यवसाय चलाउने, सञ्चालकहरू सदस्यको हितभन्दा व्यक्तिगत स्वार्थमा दुरुत्साहित हुने प्रवृत्ति नरोकिए एक दिन समग्र सहकारी क्षेत्र वित्तीय सङ्कटको कारण बन्नेछ।

गोपीनाथ मैनाली
नेपाली अर्थतन्त्रको वित्तीय संरचनामा १८ देखि २० प्रतिशत अंश सहकारीको छ। हाल करीब ३० हजार संस्था र ७३ लाख सदस्य रहेको सहकारी क्षेत्र नेपालको सबैभन्दा ठूलो सामाजिक सञ्जाल पनि हो। पछिल्ला दिन वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरू दिनदिनै समस्याग्रस्त बन्दै छन्। ओरियन्टल लगायत दर्जन संस्थालाई नेपाल सरकारले कानून बमोजिम समस्याग्रस्त घोषणा गरेको छ।

ओरियन्टलका सात हजार ६४६ सदस्यको १० अर्बभन्दा बढी रकम जोखिममा परेको थियो। त्यसपछि समस्याग्रस्त घोषणा भएका प्यासिफिक, स्ट्यान्डर्ड, प्रभु, कोहिनूर हिल, कन्जुमर, कुबेर, भेगास, चार्टर्ड आदि संस्थाले ठूलो संख्याका सदस्यको निक्षेप तथा सम्पत्ति डुबाएका छन्। राजनीतिक प्रभावका आधारमा समस्याग्रस्त घोषणा हुनबाट जोगिँदै आएका अरू थुप्रै सहकारी भित्रभित्रै कमजोर भइसकेका छन्।

२०७० सालमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित समितिले १३० सहकारी संस्था समस्याग्रस्ततर्फ अभिमुख भएको प्रतिवेदन सरकारलाई बुुझाएको थियो। आफ्नै संस्थाबाट सदस्यहरू पीडित हुनुको दुःख त छँदै छ, यस्तो प्रवृत्तिले सहकारीको मूल्य-सिद्धान्तमा चल्दै आएका संस्थाहरूको छवि पनि धमिल्याउँदै छ। समस्यामा परेकामा धेरैजसो बचत तथा ऋण सहकारी (साकोस)हरू छन्। शहर बजार र सदरमुकामभन्दा मोफसल/गाउँका सहकारी बलिया छन्।

स्वावलम्बन र आपसी मद्दत सहकारी दर्शनका अन्तस्तल हुन्। नहुनेहरूलाई हुने बनाउने आर्थिक-सामाजिक अभियान सहकारी हो। यसका व्यवसाय पवित्र हुन्छन्, सदस्य नैतिक हुन्छन् र यो समाजको अब्बल संस्था मानिन्छ। सहकारी पनि व्यवसाय नै हो जसको स्वामित्व, नियन्त्रण र सञ्चालन दायित्व यसबाटै सेवा लिने व्यक्ति वा सदस्यको हुन्छ। सहकारी व्यवसाय गर्न पनि शुरूआती पूँजी, लागत बेहोर्न सक्ने आम्दानी, स्तरीय सेवा दिने सामर्थ्य, नाफाको वितरण, भविष्यको व्यवस्थापनका लागि पूँजीको जोहो, ऋण लिने तथा करार गर्ने हैसियत र सदस्यप्रति दायित्व लिने प्रतिबद्धता चाहिन्छ। आत्मसहयोग, जवाफदेही, लोकतान्त्रिक व्यवस्थापन, समानता, न्याय र ऐक्यबद्धता जस्ता मूल्यहरू सहकारी व्यवसायका आधार हुन्। यो नाफा वा अन्य गर्भित अभीष्टबाट सञ्चालित हुँदैन। जे गरिन्छ, सदस्यको सहमतिमा गरिन्छ, सदस्यका लागि गरिन्छ।

नाम चाहिं सहकारीको लिने तर सिद्धान्त, मूल्य र आचरणबाट विषयान्तर हुने संस्था सहकारी हुन सक्दैन। सदस्य हित नहेर्ने, सदस्यहरूको जानकारी र सम्मति विना सञ्चालक-व्यवस्थापकको स्वार्थगाँठमा कारोबार गर्ने, अनौपचारिक कारोबार गर्ने, एउटा व्यवसाय भनेर अनुबन्ध प्रबन्ध गर्ने तर काम अर्कै गर्ने संस्था पनि सहकारी होइनन्। सहकारीका सञ्चालकहरू व्यवस्थापक बन्दैनन्, न वेतन र सुविधाकै दाबी गर्छन्। भौगोलिकता अँगाल्ने र कार्यक्षेत्रभन्दा पर रहेर कारोबार गर्ने काम पनि सहकारीले गर्दैनन्।

उच्च नाफाको आश गर्ने प्रवृत्तिले संस्थालाई सहकारी भावनाबाट अलग्याउँछ। आफैंले आफैंबाट नाफा खाने भावना पनि यसमा हुँदैन, केवल व्यवसाय सञ्चालनको लागत बेहोर्न र जोखिम व्यवस्थापनका लागि नाफा राख्ने गरिन्छ। व्यवसाय विस्तार पनि सञ्चित नाफाबाट गर्न सकिन्छ। सहकारी संस्थाभित्र तह-सोपान, नेतृत्वको लोभ र प्रतिस्पर्धा पनि हुनु हुन्न। न यसका सदस्यले संस्थाभित्र कुनै राजनीति र विचार आग्रह बोक्न हुन्छ।

कारोबारमा पारदर्शिता छैन। सदस्यको निक्षेप घरजग्गा कारोबार लगायत क्षेत्रमा लगाइएको छ।
निजी व्यवसायभन्दा कति फरक?

सहकारी व्यवसायको लगानीकर्ता, निर्णयकर्ता, नियन्त्रणकर्ता र फाइदा लिने व्यक्ति एकै हुने भएकाले यो नाफामूलक र गैरनाफामूलक व्यवसायभन्दा फरक हुन्छ। न त यो आयोजना वा गैरसरकारी संस्था हो।

सदस्यहरू सहकारी सेवाको उपयोगबाट लाभान्वित हुन्छन्, सहकारीभित्र लोकतान्त्रिक निर्णय हुन्छ, एक सदस्य एक मतको सिद्धान्त अवलम्बन गरिन्छ। लगानी संरचना वा आयतनका आधारमा नभई सेवा उपभोगको आधारमा नाफा वितरण गरिन्छ। सम्पत्ति सामूहिक हितमा मात्र उपयोग गरिन्छ। सहकारीका आर्थिकका साथै सामाजिक, सांस्कृतिक लक्ष्य हुन्छन्। नाफा विस्तारबाट नभई सदस्य/समुदायको हित कति प्रवद्र्धन ग¥यो भन्ने आधारबाट मात्र यसको सफलताको मापन हुन्छ।

निजी क्षेत्रका व्यवसायले लगानीको नाफा योग्यता वा प्रतिफल विस्तार गर्न खोज्छन्, यसको विपरीत सहकारी कमभन्दा कम लागतमा सदस्य सेवा दिने भावनाबाट प्रेरित हुन्छ। निजी कम्पनीमा लगानीको मात्राका आधारमा संस्थामाथि नियन्त्रण र निर्णयमा मताधिकार राखिन्छ, तर सहकारीमा लगानी जति होस्, प्रत्येक सदस्यलाई नियन्त्रणको मताधिकार समान हुन्छ। यसले समान हैसियतकै आधारमा सामूहिकता विकास र लोकतान्त्रिक पद्धति कायम गर्न सकिने भावना बोक्छ।

निजी कम्पनीमा लगानीको नाफा लाभांशका रूपमा वितरण गरिन्छ, तर सहकारीमा उत्पादन वा सेवा उपभोगका आधारमा नाफा दिइन्छ। त्यसैले सहकारीलाई अघि बढाउने आभ्यन्तरिक शक्ति, उद्देश्य र कार्य पहुँच अन्य व्यवसायमा भन्दा नितान्त भिन्न हुन्छ। यी अनौठा चरित्र जोगाउन नसक्दा वा नाफा सङ्केततर्फ दौडिँदा नाममा सहकारी भनिने संस्था काममा अर्कै थोक भइदिन्छन्।

सहकारी व्यवसायमा संस्थाले जहिले पनि सदस्यका आवश्यकता पूरा गर्ने सोच राख्नुपर्छ। सङ्कलित पूँजी सुरक्षित लगानीका क्षेत्र पहिचान गरेर मात्र परिचालन गर्नुपर्छ। सदस्यलाई न्यूनतम लागतमा सेवा दिने गरी व्यवस्थापकीय कार्यकुशलता देखाउन सक्नुपर्छ। सबै क्रियाकलाप पारदर्शी हुनुपर्छ। व्यवस्थापनमा रहनेले कार्यकौशल र सञ्चालक समितिमा रहनेले उदाहरणीय नेतृत्वशैली देखाउन सक्नुपर्छ। समाजका आर्थिक-सामाजिक परिवर्तन र त्यसबाट संस्थामा पर्ने प्रभावबाट व्यवस्थापन साह्रै चनाखो हुनुपर्छ।

सहकारी व्यवसायलाई दिगो, समुदाय अनुकूल र सामाजिक भावना अनुरूप बनाउन सहकारीका प्रणेताहरूले विभिन्न सिद्धान्त प्रतिपादन गरेका छन्। पहिलो सिद्धान्त, स्वैच्छिक र खुला सदस्यता हो। कुनै पनि व्यक्ति स्वैच्छिक चाहनाबाटै सहकारीमा आबद्ध हुन्छ वा बाहिरिन्छ। दोस्रो सिद्धान्त, संस्थामाथि प्रजातान्त्रिक नियन्त्रण हो। संस्था कुनै एक वा केही व्यक्तिको नियन्त्रणमा रहन हुँदैन।

तेस्रो, सदस्यहरूको आर्थिक सहभागिता हो। संस्थाको पूँजी वा व्यवसायको आधार नै सदस्यको आर्थिक सहभागिता हो। चौथो, सहकारी संस्था स्वायत्त र स्वतन्त्र हुन्छ। विचार, आग्रह, प्रभाव, दबाब, राजनीति, विभेद जस्ता कुराबाट यो बिल्कुल अलग रहन्छ।

पाँचौं सिद्धान्त, सहकारी शिक्षा हो। सहकारीमा आबद्ध हुने जोकोही सहकारी सम्बन्धी जानकारीबाट प्रशिक्षित हुनुपर्छ, ताकि सहकारीका चरित्रलाई व्यवहारमा उतार्न सकियोस्। छैटौं, सहकारीबीच साझेदारी हो। सहकारीबीच गलाकाट प्रतिस्पर्धा होइन, सहयोग, सहभाव र साझेदारीबाटै असल अभ्यासहरू विनिमय, अवलम्बन र संस्थागत गर्न सकिन्छ। सहकारी व्यवसाय विस्तारका लागि पनि सहकार्य आवश्यक हुन सक्छ।

सहकारी शुद्धीकरणको आक्रामक अभियान अहिलेको आवश्यकता हो। अन्यथा, सहकारी नै कुनै दिन वित्तीय सङ्कटको कारण बन्नेछ।
सातौं, समुदायप्रति चाख हो। सामाजिक चाख, चाहना र संवेदनाबाट सहकारी अलग रहन सक्दैन। संस्थाले कमाएको नाफाको हिस्सा समुदायको हितमा छुट्याउने, समुदायका सुखदुःखमा सहभागी भई सामाजिक दायित्व निर्वाह गर्ने चरित्र सहकारीमा रहनुपर्छ।

सदस्य र सञ्चालकको भूमिका

सहकारीका सदस्य लगानीकर्ता र ग्राहक मात्र होइनन्। उनीहरूले सामान्य सेवाग्राही वा अंशियारको भूमिकामा मात्र सीमित भएर पुग्दैन, दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ। सदस्यहरू संस्थाबाटै उत्पादित सेवा लिने दायित्वमा रहन्छन्। सहकारीको सदस्य हुने तर सेवावस्तु अर्कै व्यवसायका लिए आफैंप्रति विश्वास नगरेको ठहर्छ। सदस्यहरू संस्थाको शेयर किन्ने, इक्विटीमा लगानी गर्ने दायित्वमा रहन्छन्।

प्रतिक्रिया दिनुहोस