क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।
जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो

प्रतिक्रिया दिनुहोस