कार्य सिद्धिकालागी कसरी गर्ने गणेशको पुजा ? हेर्नुहोस् मन्त्र एवम् पुजा विधि सहित !

भगवान गणेशलाई शुभ लाभको प्रतीकका रुपमा लिने गरिन्छ । कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेशकै पूजा आराधना गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने आम विश्वास रहेको छ ।

धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले मंगलबारका दिन भगवान श्रीगणेशको पूजा उत्तम मानिन्छ ।

गणेशको पूजा विधि:शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् ।

M यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।संकल्प:संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

आह्वान:ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

आसन:भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आशनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

प्रतिक्रिया दिनुहोस