दोस्रो जी–२० पर्यटन कार्य समूहको बैठक दार्जिलिङको सिलिगुडी हुँदै

नयाँ दिल्ली– जी–२० सम्मेलन अन्र्तगत दोस्रो पर्यटन कार्य समूहको बैठक अप्रिल १ देखि दार्जिलिङको सिलिगुडीमा हुने भएको छ। पहिलो बैठक गुजरातको कचमा भएको थियो ।

दोस्रो बैठकमा सबै जी–२० सदस्यहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूका विशेष छलफल गर्नेछन्। ‘बैठकमा २९ भन्दा बढी देशका ६० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् ।

पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूमा हरित पर्यटन, डिजिटलाइजेशन, सीप, पर्यटन एमएसएमई, गन्तव्य व्यवस्थापन रहेको छन् ।

यस्तै, भारत सरकारको पर्यटन मन्त्रालयले दिगो विकास लक्ष्यहरू हासिल गर्ने माध्यमको रूपमा साहसिक पर्यटन सम्बन्धी एक कार्यक्रम पनि आयोजना गर्दैछ।

प्रतिक्रिया दिनुहोस