सपनामा यौन सम्पर्क गरेको देखेमा के अर्थ लाग्छ !

काठमाडौं । हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हरदिन फरक–फरक प्रकृतिका सपना देख्ने गर्छन् । जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्छ ।

कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो सपना देखिने गर्छ । जसलाई ‘नाइट फल’ पनि भनिन्छ । यस्तो सपनाले के संकेत गर्छ त रु एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री :-

1. शारीरिक सम्पर्कको सम्बन्धमा सपना देख्नु आमविषय हो । यस्तो सपनाले कामेच्छाको संकेत दिन्छ । यस्तो सपनाको अर्थ हुन्छ कि तपाईंले प्रयास गरे पनि सम्भोगको आवश्यकता पूरा गर्न पाउनुभएको छैन । तपाईंको मस्तिष्कले दिएको संकेत यही हो । यस्तो सपनापछि आफ्नो दिमागलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

2. कहिलेकाहीँ मानिसले अपरिचित व्यक्तिसँग पनि सम्भोग गरेको सपना देख्छन् । कुनै परिचित मानिसको स्वभाव वा व्यवहारबाट प्रभावित भएको अवस्थामा पनि यस्तो सपना देखिन्छ । या, अरू कोहीजस्तो बन्न चाहेको अवस्थामा देखिन्छ । त्यसैले यस्तो सपनाबाट बच्न आफ्नो व्यवहार सुधार्ने प्रयास गर्न आवश्यक हुन्छ ।

3. कहिलेकाहीँ आफ्नो मालिकसँगसमेत सम्भोग गरेको सपना देख्छ मानिस । यस्तो सपना देखेमा मालिकबाट टाढा हुनुपर्छ भन्ने भ्रम पाल्नुहुँदैन । कुनै अफिसमा काम गर्ने मानिसलाई यस्तो सपना देख्नुलाई सामान्य रूपमा नै लिइन्छ । यसको अर्थ हुन्छ कि सम्बन्धित व्यक्ति मालिकसँगै धेरै कुरा सिक्न चाहन्छ वा नयाँ प्रकृतिको सम्बन्ध कायम गर्न इच्छा राख्छ ।

आफ्नो पार्टनरसँग:
यदि तपाईं सपनामा पति/पत्नी वा लभरका साथ सेक्स गरेको देख्नुहुन्छ भने यसका दुई फरक अर्थ हुनसक्छ ।
पहिलो: तपाईंहरुको सम्बन्ध एकदमै राम्रो छ ।

दोस्रो अर्थ हुनसक्छ, तपाईं आफ्नो पार्टनरबाट त्यो सबै पाइरहनु भएको छैन, जुन तपाईं चाहनुहुन्छ ।
सेक्सोलोजिष्टहरुका अनुसार यदि यस्तो सपना देखिन्छ भने एक पटक आफ्नो पार्टनरसँग कुरा गरेर कारण जान्ने कोशिस गर्नुपर्दछ ।

यदि तपाई आफ्नी पूर्व गर्लफ्रेण्ड वा ब्वाइफ्रेण्डका साथ सेक्स गरेको सपना देख्नुभयो भने यसको मतलब हुन्छ, पूरानो प्रेमी/प्रेमिकासँग तपाईंको सेक्स लाइफ एकदमै आनन्ददायक थियो होला । वा फेरि पनि हुन सक्छ होला ।
हुन सक्छ, तपाईंले आफ्नो नयाँ पार्टनरसँग पूरानो पार्टनरको तुलना गरिरहनुभएको छ । यदि तपाईसँग अहिले कुनै पार्टनर नै छैन भने त्यसको फरक अर्थ छ, तपाईंको अवचेतन मनल कि त सेक्स मिस गरिररहेको छ कि पुरानो पार्टनर ।

मन परेको स्टारसँग:

यदि तपाईंले कुनै मनपर्ने सेलिवि्रटी वा स्टारसँग सेक्स गरेको सपना देख्नुभयो भने त्यसको मतलब हो- या तपाईं आफ्नो पार्टनरमा सेलिवि्रटीजस्तै कुनै चिज खोजिरहनु भएको छ । वा, तपाईं उक्त स्टारको लुक र सफलता आफ्नो पार्टनरको खुबीमा मिलाउन थाल्नुहुन्छ ।

समलिङ्गीसँग :

यदि तपाईंले समलिङ्गीको साथ अन्तरंग सम्बन्ध बनाउदै गरेको सपना देख्नुभयो त्यसको अर्थ हुन्छ, तपाई सेक्समा प्रष्ट (स्टे्रट) हुनुहुन्न । यदि तपाई पुरुष हुनुहुन्छ र तपाईले आफ्नो सेक्स पार्टनर पुरुष बनाउँदा आनन्दायी हुन्छ भन्ने सोच छ भने त्यो तपाईको भ्रम मात्र हो ।
यदि यस्तो खालको सपना तपाई बारम्बार देख्नुहुन्छ वा तपाईलाई साच्चिकै आफू समलिङ्गीप्रति आक्रषित महुसस गर्नुहुन्छ भने त्यसको अर्थ हो-तपाईले सेक्सको प्राथमिकताका बारेमा फेरि तपाईले पुर्नविचार गर्नुपर्छ । यस्तो खाले सपनाको अर्को हिसाबले यो पनि अर्थ हुनसक्छ-तपाईको पार्टनरले तपाईप्रति अरु केयरिङ वा विनम्र व्यवहार खोजिरहेको छ ।

आफ्नो पार्टनरलाई धोका:

यदि तपाईं सपनामा आफ्नो पार्टनरलाई धोका दिइरहनु भएको छ भने यसको मतलब हुन्छ तपाईंको सम्बन्धमा दरार आउदैंछ । यो सपना तपाईंका लागि निकै डिस्र्टबिङ हुन सक्छ ।

यो सपना त्यतिबेला आउँछ, जतिबेला तपाईको रिलेशनमा कोही ठूलो परिवर्तन हुँदैंछ । यस सपनाको मतलब हुन तपाईं आफ्नो जीवनमा हुने ठूलो परिवर्तनबारे अनभिज्ञ हुनुहुन्छ । र, सोच्दैं हुनुहुन्छ तपाईं भविष्यमा हुने घटनाको ब्यवस्थापन कसरी गर्ने ?
यो सपनाको दोस्रो अर्थ हुन्छ, तपाईं तपाईको पार्टनरसँग पर्याप्त समय पाइरहनु भएको छैन । र, तपाईंको पार्टनरका साथ इमोशन बिल्डिङ जरुरी छ ।

प्रतिक्रिया दिनुहोस