विश्वको सबैभन्दा अग्लो रेलवे पुल: भारतको जम्मु कश्मीरमा चाँडै सञ्चालनमा आउदैँ

कश्मीर– भारतको जम्मु कश्मीरको चेनाब नदीमा बनेको विश्वको सबैभन्दा अग्लो रेलवे पुल चाँडै सञ्चालनमा आउने भएको छ ।

बहुप्रतिक्षित विश्वको सबैभन्दा अग्लो रेलवे पुलले चेनाब नदीमा ३५९ मिटर (१ हजार १७८ फिट) उचाइमा रहेको छ, जुन पेरिसको एफिल टावरभन्दा ३५ मिटर अग्लो छ।

यो पुलको उचाई १ हजार १ सय ७८ फिट रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यो फ्रान्सको राजधानी पेरिसमा रहेको आइफेल टावरभन्दा ३५ मिटर अग्लो रहेको जनाइएको छ ।

यस्तै, यो पुलले बक्कल र कौरीलाई जोड्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२५ हजार करोड भारतीय रुपैयाँको लगानीमा निर्मित उधमपुर, श्रीनगर, बरामुल्ला रेल लिंक परियोजनामा यो पुल समावेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पुलको सबै आवश्यक परीक्षण भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस