अरुणाचल प्रदेश भारतको अभिन्न अंगः चीनपछि ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको प्रतिक्रिया

वाशिंगटनः अमेरिकाले अरुणाचल प्रदेश भारतको अभिन्न अंगको रूपमा रहेको बताइएको छ ।

चीनले अरुणाचल प्रदेशका विभिन्न ११ स्थानको नाम परिवर्तन गरेपछि अमेरिकाको यो प्रतिक्रिया आएको छ । उसले कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्ने जनाएको छ ।

चीनले तिब्बतको दक्षिणी भागको रूपमा दाबी गर्ने अरुणाचल प्रदेशका थप ११ स्थानका लागि चिनियाँ नाम घोषणा गरेपछि यो प्रतिक्रिया आएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले आइतबार ११ स्थानको आधिकारिक नाम सार्वजनिक गरेको छ।

भारतले मङ्गलबार चीनले अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गरेको ठाडै अस्वीकार गरेको छ । यो राज्य भारतको अभिन्न अंग हो भनेको छ ।

प्रतिक्रिया दिनुहोस