‘प्लास्टिक ल्याउँनुस, सुन लैजानुहोस’ योजनाले जम्मु कश्मीरको गाउँ प्लास्टिकमुक्त

जम्मु– कश्मीरको अनन्तनाग जिल्लाको सादिवारा गाउँले वातावरण जोगाउनको लागि नयाँ योजना चलाएको छ । । गाउँपालिकाले ‘प्लाष्टिक ल्याउनुस, सुन लैजानुहोस’ योजना सञ्चालन गरेको छ । योजना अन्तर्गत कसैले २० क्विन्टल प्लास्टिकको फोहोर दिएमा पञ्चायतले सुनको सिक्का दिनेछ ।

पेशाले वकिल रहेका सादिवारा गाउँका सरपंच फारुक अहमद गनाई कश्मीर उपत्यकाका सबैका लागि प्रेरणा बनेका छन्।

अभियान थालेपछि १५ दिनभित्र सम्पूर्ण गाउँलाई प्लास्टिकमुक्त घोषणा गरिएको थियो ।

यो योजनाले धेरै लोकप्रियता पाएको छ र सबैले प्रशंसा गरेका छन् र अन्य पञ्चायतहरूले पनि अपनाएको छ।

प्रतिक्रिया दिनुहोस