भगवान बुद्धको शान्तिको सन्देश विश्वव्यापी चुनौतीहरूको सामना गर्न उपयोगीः मेघवाल

नयाँ दिल्ली—केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुन राम मेघवालले विश्वका केही भागहरूमा शान्तिको अभावको समस्यालाई भगवान बुद्धद्वारा प्रतिपादित शिक्षा र सिद्धान्तको माध्यमबाट समाधान गर्न सकिने बताएका छन्।

मन्त्रीले नयाँ दिल्लीमा भएको अन्र्तराष्ट्रिय बुद्धिस्त सम्मेलनलाई सम्बोधन गर्दै भगवान बुद्धका उपदेशहरू वर्तमान विश्वमा निकै सान्दर्भिक रहेको बताए ।

सम्मेलनमा करिब ३० राष्ट्रका १७० प्रतिनिधि सहभागी भएका थिए ।

“विश्वमा आतंकवादका कारण, कतिपय देशमा पृथकतावादका कारण, आन्तरिक सुरक्षाका कारण‘भगवान बुद्धका शिक्षाहरू शान्ति र अहिंसामा आधारित थिए, जुन भारतीय दर्शनअनुरूप थियो।

भगवान बुद्धका विचारहरू आज पनि सान्दर्भिक भएकाे मेघवालले बताए।

मेघवालले शान्ति र समृद्धिको सन्देश अन्तरसम्बन्धित रहेको बताए । विश्वगुरुको सन्देश भनेको शान्तिमा खलल भयो भने समृद्धिमा पनि बाधा पुग्छ। अन्तर्राष्ट्रिय बौद्ध महासङ्घ (आइबीसी)सँगको सहकार्यमा नयाँ दिल्लीमा अन्र्तराष्ट्रिय बुद्धिस्ट सम्मेलन आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस