ठूलो दलप्रति जनताको रुचि देखिएन, अब सुधार गर्नु पर्छ : देउवा

बैशाख ११ काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको टिप्पणी गरेका छन् ।

काँग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले उपनिर्वाचनको मत हेर्दा अब पार्टीलाई सुधारेर लानुको विकल्प नभएको बताएका थिए ।

उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस