बढ्यो सुनको भाउ : कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । यसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस