५ वर्षमा बहुमतको सरकार बनाउँछौं, टोलटोलमा घण्टी बजाउँछौं :रवि लामिछाने

काठमाडौं । चितवन २ को उपनिर्वाचनमा भारी मतसहित जित्नुभएका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताउनुभएको छ।

चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताउनुभएको हो ।

‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं’ रविले भन्नुभएको छ, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने ठूलो रास्वपालाई ठूलो पार्टी बनाउनेछौं । अब घण्टी, वडा वडा पालका पालिकाका पुग्दैछ । तयार हुनुहोला ।’

आफूहरूबाट नगारिकले सबैभन्दा बढी सुशासन खोजेको भन्दै भ्रष्टाचारीलाई नंग्याउने उहाँले बताउनुभयो । नागरिकले दिएको सम्मानपूर्वक मतको सम्मान गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस