बिहान भूलेर पनि नगर्नुहोस यी गल्ती, गरिबीले पिछा गरिरहन्छ

बिहान भूलेर पनि नगर्नुहोस यी गल्ती, गरिबीले पिछा गरिरहन्छ, भन्ने गरिन्छ, जुन मानिसको विहान राम्रो हुने गर्दछ, त्यसको प्रभाव दिनभर पर्दछ र सधै उर्जावान बनाइराख्दछ।

सामान्यतया सफल र धनवान हुनका लागि केही यस्ता गल्ती जसबाट सधै बच्नु पर्ने हुन्छ। किनकी जुन व्यक्ति यस्ता चीजबाट बच्ने गर्दछ, उसलाई जीवनमा कहिलै गरीबी र विरामीको सामना गर्नु पर्दैन्। बिहान भूलेर पनि नगर्नुहोस् यी गल्ती:

ओछ्यानमै चिया नपिउनुहोस् : आजभोलि बिहान उठेर ओछ्यानमै चिया पिउनुलाई मानिसले सबैभन्दा सुखको अनुभुती गर्ने गर्दछन्। तर सामान्यतया यस्तो गर्नु दुखको कारण बन्ने गर्दछ। किनकी यसो गर्दा बिरामी र दरिद्रता भित्रिने गर्दछ।

बिहान अबेरसम्म सुत्नु : जुन व्यक्ति विहान अबेरसम्म सुत्ने गर्दछ, उनीहरुको घरमा लक्ष्मीको कहिलै वास हुँदैन्। साथै बिरामीको पनि समना गर्नु पर्दछ।

मान्यजनप्रति अनादर : बिहान उठेर जुन मानिसले आफ्नो घरका मान्यजनबाट आर्शिवाद लिदैनन्। उल्टै उनीहरुको अनादर गर्ने गर्दछन्। त्यस्ता व्यक्ति सधै गरीब र दुखी हुने गर्दछन्।

यौन सम्बन्ध : बिहान यौन सम्बन्ध बनाउने व्यक्तिको घरमा सबै गरीबी र रोग आउने गर्दछ। साथै यसलाई शास्त्रमा पनि एक ठूलो पाप मानिएको छ।

उल्टो खुट्टा जमिनमा नराख्नुहोस् : बिहान उठेर जमिनमा सिधा खुट्टा राख्नु शुभ मानिने गरिन्छ। तर उल्टो खुट्टा राख्दा सफलताका लागि निकै संघर्ष गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस