सती माताको घाँटी पतन भएको शारदा शक्तिपीठ : जहाँ भक्तजनहरूकाे घुइचाे लाग्ने गर्छ

भारतको मध्य प्रदेशको सतना जिल्लाको मैहरमा रहेको माता शारदा शक्तिपीठ मन्दिरमा पुजा गर्ने भक्तजनहरूकाे घुइचाे लाग्ने गर्दछ ।त्रिकुट पर्वतमा अवस्थित यस माताको मन्दिरलाई मैहरदेवीको मन्दिरपनि भनिन्छ। मैहर भनेको माता सतीदेवीको हार हो। माता शारदा देवीको मन्दिर विन्ध्य चुचुरोको एउटा पहाडको बिचमा अवस्थित छ ।

माता शारदा माता सरस्वतीको वास्तविक रूप हो भन्ने विश्वास गरिन्छ । देशभर माता शारदाको एक मात्र मन्दिर सतनाको मैहरमा छ । माता शारदाको पहिलो पूजा आदिगुरु शंकराचार्यले गरेको जनविश्वास छ । विद्याको त्रिकुटपर्वकको उल्लेख पुराणहरूमा पनि पाइन्छ। नवरात्रिमा यहाँ दैनिक लाखौं भक्तजन आउने गर्दछन् ।

यसरी प्रकट भयो मैहर शारदा माता

पौराणिक कथा अनुसार दक्ष प्रजापतिकी छोरी सती शिवसँग विवाह गर्न चाहन्थिन् । उनको यो इच्छा राजा दक्षलाई मान्य भएन । तैपनि उनको ढिपीमा सतीको भगवान शिवसँग विवाह भयो ।

एक पटक राजा दक्षले यज्ञ गराए । त्यस यज्ञमा ब्रह्मा, विष्णु, इन्द्र र अन्य देवी–देवताहरूलाई निमन्त्रणा गरे तर जानाजानी आफ्नो जुवाई भगवान शंकरलाई निम्तो दिएनन्।

प्रतिक्रिया दिनुहोस