गर्भवती महिलाले अनिवार्य गराउनुपर्ने केहि परीक्षणहरू

काठमाडौं – कुनै पनि महिला गर्भवती भएपछि आफ्नो र शिशुको स्वास्थय अवस्था जानकारीका लागी गर्भावस्थामा विभिन्न परिक्षण गराउन जरुरी हुन्छ । गर्भावस्थामा गराउनैपर्ने केहि परिक्षणहरु यसप्रकार रहेका छन् ।

सामान्य रक्त परीक्षण

गर्भवतीको स्वास्थ्यमा कुनै समस्या छ छैन पत्ता लगाउन रक्त (हेमोग्लोबिन, प्लेटलेट, रातो रक्त कोषिका इत्यादिको) परीक्षण गराउनु पर्छ । यसका अतिरिक्त एड्स, रुबेला जस्ता जटिल रोगहरू छन् वा छैनन् भन्ने कुरा पत्ता लगाउँन पनि यो जाँच गरिन्छ ।

हेपाटाइटिस परीक्षण

गर्भवतिमा हेपाटाइटिस छ छैन पत्ता लगाउनका लागी यो परीक्षण गर्नुपर्छ । विशेषत गर्भावस्थामा हेपाटाइटिस अझै जटिल हुन्छ ।

मुत्र विश्लेषण

गर्भवतीमा सुगर तथा प्रोटिनको परीक्षण गरेर गेष्टोसिस वा मधुमेह तथा मूत्र मार्ग संक्रमण छ वा छैन पत्ता लगाउन यो परीक्षण गर्नुपर्छ

अल्ट्रासउन्ड

भ्रूणको वृद्धि, विकास, स्थान, आकारको जाँच तथा गर्भाशयमा हेरेर विकलाङ्गता पत्ता लगाउन यो परीक्षण गनुपर्छ ।

प्रतिक्रिया दिनुहोस