पोखरामा चोरी भएको मोटरसाइकल, रक्सी र ल्यापटपसहित चार जना पक्राउ, को-को हुन् ?

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले वैशाख १५ गते पोखराको दीपबाट चोरी भएको मोटरसाइकल र चोरीका अन्य सामानसति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ सल्यानटार घर भइ हाल कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २१ का राजकुमार परियार र पोखरा महानगरपालिका वडा नं. १३ काहुँडाँडा बस्ने वर्ष २४ का विनोद परियार रहेका छन् । 

यसैगरी गोरखा स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १३ मियाँपाटन बस्ने वर्ष ३१ का राजकुमार नेपाली र वर्ष २५ का अर्जुन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुको साथबाट ग५प २७३५ नम्बरको मोटरसाइकल, ल्याप्टप एक थान, किबोर्ड एक थान, माउस एक थान, चार्जर एक थान विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी) का बोत्तल ११ थान, रेडबुल १५ थान, चुरोट सात बट्टा, मोबाईल चार थान, फलामको छड एक थान बरामद भएको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस