श्रीनगर जी–२० प्रतिनिधिहरुलाई स्वागत गर्न आतुर

नयाँ दिल्ली– भारतको विभिन्न शहरमा भईरहेको जी–२० सम्मेलन अन्र्तगत पर्यटन समूहको बैठक चाँडै नै जम्मु कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर मा हुँदैछ ।

धारा ३७० र ३५–ए खारेज गरेपछि पहिलो पटक जम्मु कश्मीरले अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दैछ जसमा जी२० सदस्य राष्ट्रहरू, अतिथि देशहरू र विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

भारतको कश्मीर आफ्नो मनमोहक सौन्दर्यको लागि परिचित छ। श्रीनगरमा बैठक आयोजना गरेर भारतले विश्व समुदायलाई उक्त स्थानको स्थायित्वबारे बलियो सन्देश दिन चाहन्छ । यो ठाउँको शान्त वातावरण चित्रण गर्न चाहन्छ।

भारतले डिसेम्बर २०२२ मा जी–२० को अध्यक्षता लिएको थियो। यो वर्ष ५५ स्थानहरूमा कुल २१५ बैठकहरू आयोजना गर्ने अपेक्षा गरिएको छ । पर्यटन समूहको बैठक मे २२ देखि २४ सम्म हुँदैछ ।

श्रीनगरमा हुने यो बैठकमा करिब ५० प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ, जसले भारतलाई कश्मीर उपत्यकामा मानवअधिकार उल्लङ्घनको पाकिस्तानको दावीलाई खण्डन गर्न अनुमति दिनेछ।

भारतीय अधिकारीहरू र पूर्व कूटनीतिज्ञहरूले जी–२० को अध्यक्षताले विश्वव्यापी मामिलामा नयाँ दिल्लीको प्रमुख भूमिका प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस