अल्पसंख्यकहरू पाकिस्तानमा उत्पीडन, दमनको सामना गर्दै

लाहोर— पाकिस्तानमा अल्पसंख्यक समुदायले राज्य तथा गैर–राज्य संयत्रबाट उत्पीडन र दमनको सामना गरिरहेको छ।

हिन्दू, क्रिस्चियन र सिख मात्र होइन, शिया र अहमदियाहरू पनि निरन्तर दमनको सामना गरिरहेका छन्। अप्रिल २६ मा, अल्पसंख्यक समुदायका मानिसहरू ठूलो संख्यामा लाहोर प्रेस क्लब बाहिर विरोध प्रर्दशन गरेका थिए ।

प्रदर्शनकारीले जबरजस्ती धर्मपरिवर्तन रोक्न सरकारले प्रभावकारी कानून बनाउन माग गरेका छन् । भेलालाई सम्बोधन गर्दै अल्पसंख्यक नेताहरूले देशमा हिन्दू मन्दिर र गिर्जाघर जलाउने र ईश्वरनिन्दाको झूटो आरोपमा मानिस मारिने गरेको बताए ।

यस वर्षको अप्रिल २६ मा जारी गरिएको मानवअधिकारको अवस्था सन् २०२२ मा आफ्नो वार्षिक प्रतिवेदनमा पाकिस्तानको मानवअधिकार आयोग (एचआरसीपी) ले अहमदिया समुदायका सदस्यहरूलाई निशाना बनाइएको र उनीहरूका धेरै पूजास्थल र ९० भन्दा बढी चिहानहरू अपवित्र भएको बताएको छ।

अर्को घटनामा सिन्ध प्रान्तको मिरपुर खास क्षेत्रमा अहमदिया समुदायको मस्जिद भत्काइएको छ। पाकिस्तानमा शिया समुदायलाई पनि आतङ्ककारीहरूले लगातार निशाना बनाइरहेका छन्।

मे ४ मा बन्दुकधारीहरूले खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लाको एउटा विद्यालयमा आक्रमण गरी ७ शिया शिक्षकको हत्या गरेका थिए। आदिवासी जिल्लामा बहुसंख्यक शिया जनसंख्या रहेको स्थानीय तालिबान आन्दोलनका सुन्नी आतंकवादी समूहहरूले अक्सर आक्रमण गर्ने गरेका छन्। सुन्नी विद्रोहीहरूले शियाहरूलाई विधर्मी मान्छन्।

प्रतिक्रिया दिनुहोस