पाकिस्तानको तरबेला बाँधका सुरक्षाकर्मीले काम गर्ने समय परिवर्तन गरेको विरोध प्रर्दशन

हरिपुर– तरबेला बाँधका सुरक्षा विभागका नवनियुक्त महाप्रबन्धकले काम गर्ने समय परिवर्तन गरेकोमा त्यहाँ कार्यरत सुरक्षाकर्मीले टोकन हडताल गरेका छन् ।

तरबेला बाँधका महाप्रबन्धकको कार्यालयबाहिर धर्ना दिएका आन्दोलनकारीले औपचारिक बैठकमा सहभागी हुन महाप्रबन्धक इस्लामावादमा रहेको थाहा पाएपछि एक घण्टापछि शान्तिपूर्ण रुपमा तितरबितर भएका थिए ।

नवनियुक्त महाप्रबन्धक सेवानिवृत्त ब्रिगेडियर मोहम्मद तुफैलले सबै सुरक्षाकर्मीहरूको काम गर्ने समय परिवर्तनको सूचना दिएका थिए। उनले अघिल्लो आठ घण्टाको काम गर्ने समय खारेज गरेका थिए।

नयाँ कार्यालय समय अनुसार प्रत्येक सुरक्षाकर्मीले चार घण्टा काम गर्ने र अर्को चार घण्टा काम सुरु गर्नुअघि दुई घण्टाको ब्रेक पाउनेछन् ।

तर, सुरक्षाकर्मीले आफूहरू दुर्गम क्षेत्रका भएकाले दुई सिफ्टमा काम गर्न नसक्ने भन्दै उक्त कदमलाई अस्वीकार गरेका छन् ।

पुरानो काम गर्ने समय सुचारु गर्न माग गर्दै उनीहरुले टोकन हडताल र महाप्रबन्धकको कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस