आफ्नो नाम जाेडेर ‘फेक अडियो’ बनाएको भन्दै कारवाही गर्न आरजुले दिइन् उजुरी

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको ‘फेक अडियो’को छानविन गरी दोशीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् ।

आज उनले साइबार व्यूरो भोटाहिटीमा केही सञ्चार माध्याम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

‘विभिन्न सञ्चार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भूटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस