सुखी र सफल जीवन बिताउन चाहनुहुन्छ ? यसरी बनाउनुस् आफ्नो आर्थिक योजना

काठमाडौं, तपाईंको जीवनमा आर्थिक योजना कसरी बनाउनु भएको छ ? पक्कै पनि हरेक मानिसका आ-आफ्ना खालका आर्थिक योजना हुन्छन् नै । मानिसले आफनो जीवनलाई सहज बनाउनका लागि योजना जरुर बनाएका हुन्छन् नै ।

योजनाबिनाको आर्थिक जीवन भने लथालिङ्ग र भताभुङ नै हुने गरेको छ । योेजनाबिहिन मानिसले कुनै पनि काम गर्न सक्दैन । सोही कारण पनि प्रभावकारीरुपमा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सकेको खण्डमा जीवन समेत सुखद् र प्रभावकारी बन्नसक्छ ।सोही बारेमा यो सामग्रीमा हामी जानकारी दिने प्रयासमा छौं । बढ्दो शहरीकरण, त्यसमाथि हरेक दिनजसो बढ्ने महंगी तथा खर्चको मात्रामा हुने बढोत्तरीका कारण पनि जीवन सोचेजस्तो सहज भने नहुनसक्छ ।

त्यसकारण समाज विज्ञान तथा मानव विज्ञानको बारेमा अध्ययन गरेकाले विभिन्न खालका सुझाव दिएका छन् । ती सुझाव खासमा हरेक मानिसका लागि प्रभावकारी बन्नसक्छ ।विशेषगरी फाइनान्सियल प्लानिङ नै जीवन सफल बनाउने खास योजना हो । त्यसमा समाजशास्त्रीहरुले विभिन्न खालका सुझाव तथा सल्लाह पनि दिएका छन् ।जानकारहरु भन्छन् कि तपाई सरकारी वा गैरसरकारी क्षेत्रमा रोजगारी गर्नुभएको छ वा गर्दै गर्नुहुन्छ भने पहिलो तलबबाटै तपाईले लगानीको शुरुवात गर्नुहोस् । रोजगारीमा लागेको र भर्खर लाग्दै गरेकालाई यो सुझाव थप प्रभावकारी हुनसक्छ ।

रोजगारीमा जोडिनु भएका तपाईंको लागि आफनो आर्थिक लक्ष्यका बारेमा सोच्न जरुरी छ । तपाईको अवकाशपछि आफना लागि जरुरत पर्ने पैसाका लागि अरु कोही कसैसँग भर पर्नु नपरोस् भन्ने ध्येयका लागि पनि योजना बनाउनु जरुरी छ ।त्यसका अलावा भविष्यमा आवश्यक पर्ने आवश्यकता पूरा गर्नका लागि पहिलो तलबबाट नै लगानीका विभिन्न योजना अगाडि बढाउनु जरुरी छ । कम उमेरमा नै लगानीको शुरुवात गर्दा, त्यसबाट तपाईले असाध्यै राम्रो पैसा जम्मा गर्न सक्नुहुन्छ ।हामी त्यसका लागि पनि केही सोच तपाईलाई बताउन सक्छौ । किनकी, त्यो तपाईका लागि समेत प्रभावकारी हुन सक्छ ।

लगानी गर्नु जरुरी
तपाईले कुनै न कुनै क्षेत्रमा सानो सानो लगानी गर्न सक्नुहुन्छ । त्यसका लागि सोच्न जरुरी रहन्छ । खर्च भएर बचेको तपाईको साथमा रहेको पैसा जे जति बच्छ त्यसलाई तपाईले आफनो हिसाबले सही क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ । रोजगारीको शुरुवाती चरणमै गरिएको लगानीले तपाईको भविसय सुरक्षित बन्नसक्छ ।

तपाईंले पब्लिक प्रोभिडेन्ट फण्ड, म्युचुअल फण्ड वा सामाजिक सुरक्षा कोष वा सेयर बजारमा समेत लगानी गर्न सक्नुहुन्छ । त्यसबाट तपाईंको कोष विस्तारित हुँदै जान्छ ।जबकी जानकारहरु भन्छन्- तपाईं कम उमेरमै लगानी गर्दा त्यसले दिने लाभ तपाईका लागि खास रुपमा प्रभावकारी हुनसक्छ । त्यसका लागि तपाईले आफूभन्दा जान्ने सुन्ने वा विज्ञसँग समेत सल्लाह लिन सक्नुहुन्छ ।

अत्यावश्यक कोष बनाउनु जरुरी
यस्तै तपाईले अत्यावश्यक कोष बनाउनु जरुरी छ । अवकाश कोषका लागि तपाईले पैसा जोगाउनु जरुरी छ । यस्तै, रोजगारी गएको अवस्थामासमेत तपाई तयार रहनका लागि समेत पैसा जोगाउनु जरुरी छ ।अत्यावश्यक कोषमा तपाईको कस से कम ५ देखि ६ महिना बराबरको तलब हुनु जरुरी हुन्छ । त्यसले तपाईंलाई कोरोनाकालमा जस्तै राहत दिनसक्छ ।

तत्काल शुरु गर्नोस् अवकाश कोषका लागि लगानी
जानकारहरु भन्छन्, जति चाँडो तपाईले अवकाश कोषका लागि लगानी गर्न थाल्नुहुन्छ , त्यति नै छिटो तपाईका लागि सहज पनि हुनसक्छ ।अवकाशका लागि बचत शुरु गर्ने समय नै तपाईको शुरुवाती तलबदेखि नै हो । जुन दिनदेखि तपाईको तलब आउन थाल्छ, त्यही दिनदेखि नै तपाईले वचत गर्न थालिहाल्नुस् भन्ने जानकारहरुको भनाइ छ ।

ध्यान दिनुस् कि लामो समयसम्म बचत गर्दा त्यसले दिने शक्ति असाध्यै ठूलो रहन्छ । जति ढिलो बचत गर्न वा लगानी गर्न थाल्नुहुन्छ, त्यति नै रकम तपाईको खर्च भइसकेको हुनेछ ।मानौं कि तपाई यदि अहिले २५ वर्षको हुनुहुन्छ भने ६० वर्षसम्म अवकाश कोषमा १ करोड बराबरको रकम जम्मा गर्ने योजना बनाउन जरुरी हुन्छ ।मानौं कि तपाई २५ वर्षमा लगानी गर्दै हुनुहुन्छ भने १२ प्रतिशत वार्षिक मात्रामा रिटर्न आउँछ भने तपाईले मासिक २ हजार लगानी गर्दा हुन्छ । यस्तै, ४५ वर्षको हुनुहुन्छ भने लगानी गर्न शुरु गर्दा मासिक १२ हजारको लगानी गर्न जरुरी हुन्छ ।

जीवन बीमा गर्नुस्
यस्तै, तपाईले पैसा वचत गर्ने अन्य उपायका अलावा जीवन बीमासमेत गर्न सक्नुहुन्छ । कोरोनाका कालमा पनि यो विषय बढी मुखर भएर आएको थियो । तपाईको खराब समयमा यसले काम दिनसक्छ ।

कुनै बिरामी परेको अवस्थमा पनि सोही बचतबाट तपाईले खर्च गर्न सक्ुनुहन्छ । स्वास्थ्य बीमाले पनि तपाईलाई सहयोग गर्नसक्छ ।कम उमेरमा नै स्वास्थ्य बीमा गर्नुभयो भने तपाईले कम प्रिमियम तिर्दा पनि हुन्छ ।यस्तै तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनु भएको छ भने त्यसलाई सकेसम्म छिटो तिर्न प्रयास गर्नुस् ।किनकी तपाईले त्यसका लागि ब्याज तिर्नु जरुरी रहन्छ । सावाँ पनि त्यसमैमा रहन्छ । आय हुनासाथ ऋण तिर्नेतर्फ ध्यान दिनुस् । त्यसो भए तपाईंका लागि त्यसले ठूलो राहत दिन्छ नै ।

प्रतिक्रिया दिनुहोस