जन्तिको भिड देखेर माइतीको होस उड्यो, कार्ड हेरेर खाना दिए, अरु भोकै फर्किए

डाकेको भन्दा धेरै जन्ती पछि तनाव भ’एको छ । भारत, उत्तर प्रदेश, अरोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँ’बाट हसनपुरमा जन्ती पुगेका थिए ।

तर खाना खाने समयमा पाहुना’को संख्या अनुमानभन्दा बढी भएपछि समस्या भयो । त्यसपछि बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो ।

आधार कार्ड नभएका पाहुनहरु भोज नखाई फर्किए । केही व्यक्तिले उक्त घ’टनाको भिडियो बनाएर सामाजिक सञ्जाल’मा भाइ’रल गराएका हुन् ।

जानकारी अनुसार सेप्टेम्बर २१ मा हसनपुरको एउटा गाउँमा दुई छुट्टा’छुट्टै जन्ती आएका थिए । तर जब खाना खाने कार्यक्रम सुरु भयो तब अर्को घरमा आएका पाहुना पनि भोज चलिरहेको ठाउँमा पुगे ।

आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बताइन्छ । सबैसँग आधार कार्ड नभएकाले आधार कार्डको व्यवस्था देखेर वास्तविक जन्तीहरू पनि अलमलमा परेको समाचार आएको छ ।

विवाहको यो कार्य’क्रममा निकै कोलाहल मच्चिए’को थियो । तर केही मानिसहरुले दुबै पक्षका मानिसहरुलाई बुझाएर शान्त गराए । यो जुलुसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गाउँमा चर्चाको विषय बनेको छ ।

जसकारण व्यवस्थापन चुनौती’पूर्ण भयो । पाहुनाको संख्या देखेर केटी पक्षका मानिसहरू रिसाए र खाना दिन बन्द गरे । त्यसपछि केटी पक्षले जन्तीसँग आधार कार्ड माग्न थाल्यो ।

प्रतिक्रिया दिनुहोस