अफगानिस्तानः हेलमान्ड प्रान्तका बासिन्दा दूषित पानीका कारण स्वास्थ्य समस्यामा

काबुल— अफगानिस्तानको हेलमान्ड प्रान्तको लस्करगाह सहरका धेरै बासिन्दाहरूका विभिन्न रोगबाट ग्रसित भएका छन्।

सुरक्षित पिउने पानीमा अभाव र दूषित पानीको प्रयोगको कारण उनीहरुमा स्वास्थ्य समस्या देखिएको टोलो न्यूजले समाचार लेखेको छ ।

लश्करगाहका अधिकांश भागमा इनारले पानी प्रदूषित भएको स्थानीयले बताएका छन् ।

लश्करगाहका निवासी मोहिबुल्लाहले उनलाई मृगौला रोग दूषित पानी खानाले भएको चिकित्सकले पत्ता लगाएको बताए ।

लश्करगाहमा योजनाविहीन सेप्टिक इनारको निरन्तर निर्माणले यस क्षेत्रको जलस्रोतमा नोक्सान पु¥याएको भन्दै अन्य सहरवासीले आलोचना गरेका छन् ।

इनारहरूमा अस्वस्थ पानी जम्मा भएको लश्करगाहका निवासी अजिजुल्लाहले भने। वर्षौंदेखिको द्वन्द्व, गरिबी र टुक्रिएको र चन्दामा आधारित अर्थतन्त्रले आम जनतालाई तीव्र भोक र खाद्यान्न अभाव भोग्न बाध्य बनाएको छ ।

द्वन्द्वग्रस्त देशका जनताले दुःखी जीवन बिताइरहेका छन् । २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएदेखि, लाखौं म

प्रतिक्रिया दिनुहोस