पाकिस्तानी आपराधिक गिरोहद्वारा महिला, बालबालिका सहित ३० हिन्दुहरूलाई बन्धक

इस्लामावाद— पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी) ले पाकिस्तानको सिन्धमा संगठित आपराधिक गिरोहहरूले बन्धक बनाइएको महिला र बच्चाहरू सहित तीस भन्दा बढी हिन्दू व्यक्तिको बारेमा चिन्ता व्यक्त गरेको छ।

‘सिन्धको कश्मोर र घोटकी जिल्लाहरूमा बिग्रिएको कानून र व्यवस्थाको रिपोर्टबाट एचआरसीपी चिन्तित छ, जहाँ महिला र बालबालिका सहित हिन्दू समुदायका करिब ३० व्यक्तिलाई संगठित आपराधिक गिरोहहरूले कथित रूपमा बन्धक बनाएको छ ।’ पाकिस्तानको मानव अधिकार आयोगले ट्वीट गरेको छ ।

उक्त घटना सिन्धको कश्मोर र घोटकी जिल्लामा भएको छ जहाँ पछिल्लो सयम कानून शासनको व्यवस्था बिग्रँदै गएको छ।

प्रतिक्रिया दिनुहोस