इटालीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ मा सम्बोधन गर्नुहुँदै

काठमाडौं- ईटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्टमा विशेष सम्बोधन गर्दैहुनुहुन्छ ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन समारोहलाई अतिकम विकसित राष्ट्रहरुको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लाग्नुभएको हो ।

आजै उहाँले बंगलादेशकी समकक्षी शेख हसिनासँग द्विपक्षीय भेट गर्दैहुनुहुन्छ । यसैगरी उहाँले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको उहाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन एफएओका महानिर्देशक, विश्व खाद्य कार्यक्रम डब्लुएफपीका कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष एडिआइएफ कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्ड खाद्य प्रणाली रूपान्तरण सफलता, चुनौती र आगामी यात्रा सम्बन्धी कार्यक्रममा सहभागी हुन शनिबार इटाली जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस