अब ब्यूटीपार्लर जान नपाइने, आगामी महिनादेखि सबै ब्यूटीपार्लर बन्द

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले यसै महिनाको अन्त्यदेखि देशभरका ब्युटीपार्लर बन्द गर्ने घोषणा गरेको छ ।

सशस्त्र संघर्ष गरेर अफगानिस्तानको सत्तामा पुनः फर्किएपछि तालिबानले लगातार महिलाविरुद्ध निर्णय गरिरहेको छ । यस क्रममा तालिबान सरकारले अगष्टको सुरुदेखि देशमा ब्युटीपार्लर खोल्न नपाइने र त्यहाँ जान नपाइने नियम लागू गरेको घोषणा गरेको हो ।

ब्युटीपार्लर बन्द हुने घोषणापछि अफगान महिलाहरू चिन्तित बनेका छन् । यो कामले देशका ६० हजार महिलाले जागिर गुमाउनुका साथै महिलाले श्रृंगार गर्न पाउने अधिकार पनि खोसिनेछ ।

गत वर्ष मात्र तालिबानले महिलाहरूलाई विद्यालय जान र विश्वविद्यालय जानबाट वञ्चित गरेको थियो । त्यति मात्र होइन, महिलाहरूलाई घरको कामबाहेक अन्य क्षेत्रमा काम गर्नबाट रोक लगाइएको छ । तालिबान सत्तामा फर्किएपछि महिलाहरू सार्वजनिक स्नानघर जान पाउँदैनन् भने उनीहरू जिमखाना र पार्कमा पनि घुम्न पाउँदैनन् । रोयटर्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस