अफगानिस्तानमा हेपाटाइटिसका कारण जन्डिसका संक्रमित बढ्दै

काबुल— तालिबानले अफगानिस्तानको स्वास्थ्य सेवा आपूर्तिका उपमन्त्री नियुक्त गरेको हबिबुल्लाह अखुन्दजादा हमेदले अफगानिस्तानमा २०२३ मा जन्डिसका संक्रमित बढेको बताएका छन्।

अखुन्दजादा हमेदले हेपाटाइटिसबाट हुन सक्ने जण्डिससँग लड्न मुलुकमा आधारभूत काम हुन नसकेको बताए ।

अखुन्दजादा हमेदले भने— ‘२०१७ देखि जुन २०२३ सम्म ४४,६४७ जना हेपाटाइटिस बी र २१,६२१ जना हेपाटाइटिस सीबाट संक्रमित भएका छन् ।’

‘हेपाटाइटिस बी र सीबाट ग्रसित बिरामीहरूको लागि, काबुल, कान्दाहार, पक्तिया, हेरात, बाल्ख र नान्गाहार सहित छ प्रान्तहरूमा पीसीआर परीक्षणहरू प्रदान गरिएको छ,ू तालिबानले जनस्वास्थ्य मन्त्रालयमा संक्रामक रोग नियन्त्रण प्रमुख नियुक्त गरेको बिस्मिल्लाहले बताएको टोलो न्युजले उल्लेख गरेको छ ।

तथ्यांकअनुसार सन् २०२० मा ८ हजार १५५, २०२१ मा ७ हजार ६५५, २०२२ मा ८ हजार ३ सय ४३ र २०२३ मा हालसम्म ८ हजार ७ सय ७९ जना जण्डिसबाट संक्रमित भएका छन् ।

तालिवानको जनस्वास्थ्य मन्त्रालयका एक अधिकारी आगा मोहम्मद आबिद तुताखिलले भने—अहिले ९५ प्रतिशत मानिसलाई एन्टिभाइरल औषधिले उपचार गर्न सकिन्छ, तर अहिलेसम्म यो रोग वा हेपाटाइटिस सी विरुद्ध कुनै प्रभावकारी खोप छैन।

‘हेपाटाइटिस बी र हेपाटाइटिस सी को औषधिको मूल्य ९० प्रतिशतले घटेको छ र अहिले एउटा हेपाटाइटिस सीको उपचारको लागत मात्र ६० डलर छ’, अफगानिस्तानस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रेजा अल वडालले टोलो न्युजलाई बताइन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार जण्डिसका कारण विश्वमा वर्षेनी १० लाख मानिसको मृत्यु हुने गरेको छ भने विश्वमा वर्षेनी ३० लाख संक्रमित हुने गरेको छन्।

प्रतिक्रिया दिनुहोस