चीनको सबैभन्दा ठूलो भवन निर्माण गर्ने कन्ट्री गार्डेन टाट पल्टिने अवस्थामा

बेइजिङ— चीनको सबैभन्दा ठूलो भवन निर्माण गर्ने कम्पनी कन्ट्री गार्डेनले आर्थिक वर्षको पहिलो छ महिनामा अमेरिकी डलर ७ दशमलव १ बिलियन नोक्सान बेहोरेको बताएको छ जसका कारण आर्थिक मन्दीको सामना गरिरहेको चिनियाँ घर निर्माणकर्तालाई दबाब बढेको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ।

कन्ट्री गार्डेनले भोगेको नोक्सान र नगदको अभाव चीनको घर जग्गा बजारमा बढ्दो संकटको अवस्थालाई चित्रण गरेको छ । कन्ट्री गार्डेनको जसको कुल कर्जा १८७ बिलियन भन्दा बढी छ र यसमध्ये धेरै जोखिम युक्त छ।

गत वर्षको सोही अवधिमा १ दशमलव ९ बिलियन युआनको नाफाको तुलनामा, कन्ट्री गार्डेनको गत छ महिनामा खुद घाटा ५१ दशमलव ५ बिलियन युआन थियो।

कम्पनीले जुलाईमा सम्झौता बिक्री अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीले यसअघि बुधबार नयाँ शेयर जारी गरेर ३४ मिलियन अमेरिकी डलर उठाउने बताएको थियो ।

कन्ट्री गार्डेनले ७७ हङकङ सेन्टमा ३५० दशमलव ६ मिलियन शेयर जारी गर्ने योजना बनाएको बताएको छ। यो रकम हङकङमा रहेको किंगबोर्ड होल्डिङ्स लिमिटेडको सहायक कम्पनीमा जानेछ ।

कन्ट्री गार्डेनले किङ्बोर्ड होल्डिङ्सको सहायक कम्पनीको करिब २० करोड अमेरिकी डलर ऋण रहेको बताएको छ, जुन अन्तिम भुक्तानी डिसेम्बरमा तिर्नुपनेछ ।

कन्ट्री गार्डेनको हालको शेयरको करिब १ दशमलव ३ प्रतिशत नयाँ शेयरहरू मिलेर बनेको छ।

यस वर्ष कन्ट्री गार्डेनको ६७ प्रतिशत शेयर गुमाएका छन् । दक्षिणी चीनको गुआन्झाउमा रहेको व्यावसायिक र आवासीय घर जग्गा विकासको २७ प्रतिशत हिस्सेदारी अमेरिकी डलर १७७ मिलियनमा बेच्ने सम्झौता कन्ट्री गार्डनले गत हप्ता घोषणा गरेको थियो ।

धेरै घर जग्गा कम्पनीहरूले विगत तीन वर्षमा टाट पल्टेका छन् । यद्यपि, कन्ट्री गार्डेन अब टाट पल्टिनबाट बच्न प्रयास गरिरहेको छ। यो महिना, यसले विदेशी ऋणधारकहरूलाई दुईवटा ब्याज भुक्तानी गर्न असफल भयो। कम्पनीले ती बन्डहरू अर्को हप्ताको अन्त्यमा भुक्तान गर्नुपर्ने बाध्यता रहेको छ ।

थप रूपमा, यसले ३५० मिलियन अमेरिकी डलरको घरेलु बन्डको भुक्तानीलाई ढिलाइ गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस